आज काठमाडौं उपत्यकासहित मुलुकका केही स्थानमा वर्षा हुन सक्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली र बंगालको खाडीबाट आएको वायुका कारण काठमाडौं उपत्यकासहित केही स्थानमा वर्षा हुने भएको हो ।
बागमतीसहित, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा हुन सक्नेछ । केही दिनदेखि काठमाडौं उपत्यकाको वायू प्रदूषण निकै खराब स्थितिमा पुगेको छ । विज्ञहरूले हावाहुरी या वर्षा आएपछि प्रदूषण घट्ने बताउँदै आएका छन् ।
आज छिटपुट वर्षा हुँदा प्रदूषणमा केही हदसम्म सुधार हुने मौसमविद्हरूले बताएका छन् । तर, यसले मात्र पूर्ण रूपमा भने नहट्ने उनीहरूको भनाइ छ । अबको हप्ता दिनसम्म छिटपुट वर्षा र हावाहुरी आउने सम्भावना रहेकाले वायू प्रदूषणबाट भने केही राहत मिल्ने बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१ ०८:३०