पर्साको वीरगञ्जमा दुई समूहबीच भएको झडपले थप विवाद बढेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । शनिबार दिउँसो धार्मिक समुदायबीच झडप हुँदा वीरगञ्जको अवस्था तनावग्रस्त बनेको थियो ।
हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा दुई समुदायबीच झडप भएको थियो । सोही क्रममा केही पसलहरूमा आगजनी समेत गरिएको थियो । झडपमा केही स्थानीय र प्रहरी समेत घाइते भएका छन् ।
जिल्ला प्रशासन कार्यालयले पूर्वतर्फ भेडियाही चौक– वीरगञ्ज महानगरपालिका–१, पश्चिमतर्फ सिर्सिया पुल– वीरगंज महानगरपालिका– २५, उत्तरतर्फ गण्डक चौक– वीरगंज महागरपालिका– १४ र दक्षिणतर्फ शंकराचार्य गेट– वीरगञ्ज महानगरपालिका– १६ मा कर्फ्यु लगाएको हो ।

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१ १९:०९