जटही नाकामा सयौँ व्यक्ति, कोरोना संक्रमणको उच्च जोखिम [फोटोफिचर]धनुषाको जटही नाका बन्द गरेपछि लकडाउनले अलपत्र परेका नागरिकको अवस्था झन् कष्टपूर्ण बनेको छ । सीमा अलपत्र व्यक्तिले सामाजिक दूरीको कुनै पालना गरेका देखिँदैनन् । सयाैँ व्यक्ति त्यतिकै सीमा क्षेत्रमा बसिरहेका छन् ।१७ जेठ, २०७७ Share
सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टिसप्तरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएकामध्ये १ जना महिला पनि रहेकी छिन् ।१७ जेठ, २०७७ Share
रौतहट आज कोरोना संक्रमण पुष्टि भएका सबै भारतबाट आएकासंक्रमितहरूमध्ये राजपुर नगरपालिकाका ३३ जना, इशनाथ नगरपालिकाका १५ जना, मौलापुर नगरपालिका ६ तथा वौद्धिमाइ नगरपालिकाका २ जना रहेका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए१६ जेठ, २०७७ Share
संक्रमितलाई आइसोलेसन पठाउने क्रममा झडप, १२ राउण्ड हवाई फायररौतहटको इशनाथ नगरपालिकामा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । इशनाथ नगरपालिकामा हिजो कोरोना भाइरस संक्रमण पुष्टि भएकालाई अन्यत्र आइसोलेसनमा लाग्न खोज्दा झडप भएको हो१६ जेठ, २०७७ Share
कोरोना जितेर घर फर्किए पत्रकार रमणकोरोना संक्रमण भएपछि प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेसनमा उपचार गराइ रहेका पत्रकार विरेन्द्र रमण आज डिस्चार्ज भएका छन् । रमणलाई नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र र महासंघका प्रदेश सचिव किरण कर्णले आइसोलेसन वार्डमा पुगेर माला र अबिर लगाएर स्वागत गरेको थए । १५ जेठ, २०७७ Share
आर्थिक प्याकेजको माग गर्दै मुख्यमन्त्री राउतले लेखे प्रधानमन्त्रीलाई पत्रप्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विशेष आर्थिक प्याकेज उपलब्ध गराउन संघीय सरकारसँग माग गरेका छन् ।१५ जेठ, २०७७ Share
सिरहामा एसपीका सुरक्षा गार्ड र ड्राइभरमा कोरोना संक्रमणजिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत २ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । ती दुबै जना प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीसँगै रहँदै आएका थिए । एउटा सुरक्षा गार्ड तथा अर्को उनकै ड्राइभरमा कोरोना संक्रमण पाइएको जिल्ला प्रहरीले जनाएको छ ।१४ जेठ, २०७७ Share
प्रदेश २ मा आज मात्रै ४५ जना संक्रमित थपिए, बारामा स्वास्थ्यकर्मीसहित ८ जनामा संक्रमण पुष्टिप्रदेश २ मा आज ४५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौँडा प्रयोगशालामा गरिएको परीक्षणको क्रममा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको हो१४ जेठ, २०७७ Share
युवकको मृत्युपछि नेपाल–भारत सीमाक्षेत्रमा तनावभारतबाट नेपालतर्फ आइरहेका एक युवकको धनुषाको जटही नाकामा मृत्यु भएपछि सीमाक्षेत्रमा तनाव उत्पन्न भएको छ१४ जेठ, २०७७ Share
राति क्वारेन्टाइनमा आएर प्रहरीले कुटपिट गरेको भन्दै भोक हडतालसप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-७ स्थित उच्चमाविको क्वारेन्टाइनमा बसेकाहरूले भोक हडताल सुरू गरेका छन । १४ जेठ, २०७७ Share
१५ महिने बालकसहित वीरगञ्जका २१ जनाले जिते कोरोनावीरगञ्जको विशेष कोरोना गण्डक अस्पतालमा उपचारार्थ २१ जनाले कोरोना जितेका छन् । विशेष कोरोना गण्डक हस्पिटलमा उपचाररत रहेका ३० संक्रमितमध्ये २१ जनाले कोरोना जितेका हुन् । १४ जेठ, २०७७ Share
सप्तरीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टिसप्तरीका थप १ महिलासहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित सप्तरीमा कोरोना संक्रतिमको संख्या १५ पुगेको छ । १३ जेठ, २०७७ Share
यसकारण बढिरहेका छन् प्रदेश २ मा कोरोना संक्रमितसबैभन्दा बढी रौतहटमा थपिएका छन् । रौतहटमा २६ जना थपिँदा बारामा २३ जना थपिएका छन् । धनुषामा ३ जना र सप्तरीमा २ जना थपिएका छन्१३ जेठ, २०७७ Share
होम आइसोलेसनमा रहेकी गर्भवतीको मृत्यु, कोरोना भएको आशंकाहोम आइसोलेसनमा रहेकी सप्तरीकी एक महिलाको मृत्यु भएको छ । ती महिला गर्भवती रहेकी थिइन१३ जेठ, २०७७ Share
कोरोनाको रिपोर्ट नआई शव बुझाउने नेसनल मेडिकल कलेजलाई कारबाही सिफारिसकोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको रिपोर्ट नआई शव परिवारलाई बुझाएकोमा वीरगन्जको नेसनल मेडिकल कलेजलाई आवश्यक कारबाही गर्न सिफारिस गरिएको छ१२ जेठ, २०७७ Share
घरभित्रै सीमित यस वर्षको ईद उल फित्र पर्वमुस्लिम धर्मावलम्बीले आज इद उल फित्र पर्व मनाइरहेका छन । जनकपुरधामको मुस्लिम टोलमा बिहानैदेखि केही चहल पहल देखिन्छ । यद्यपि, कोरोना भाइरसक संक्रमण फैलिन सक्ने डरका कारण मुस्लिम आ-आफ्ना घरमै नमाज पढेका छन् ।१२ जेठ, २०७७ Share
अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना संक्रमित फरारजनकपुरको प्रादेशिक अस्पतालमा रहेको आइसोलेसनबाट एक कोरोना संक्रमित फरार भएका छन्११ जेठ, २०७७ Share
पर्सामा असुरक्षित बन्दै मिर्गौला बिरामी, १ महिनामै ७ जनाको मृत्युपर्सामा मिर्गौला बिरामी असुरक्षित बन्दै गएका छन् । १ महिनामा ७ जनाले ज्यान गुमाएपछि मिर्गौलाका बिरामी असुरक्षित बन्दै गएका हुन् । ज्यान गुमाउने सबैले नेशनल मेडिकल कलेजमा उपचार गराइरहेका थिए ।१० जेठ, २०७७ Share