प्रदेश २ मा थपिए १०७ संक्रमित, १७ जना डिस्चार्जप्रदेश २ मा पछिल्लो २४ घण्टामा ६ महिला र १ सय १ जना पुरुषगरी कुल १ सय ७ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । समाजिक विकास मन्त्रालयका अनुसार महोत्तरीका १, सर्लाहीका ११, रौतहटका ९० र पर्साका ५ जनामा संक्रमण पुष्टि भएको हो३१ जेठ, २०७७ Share
बेवारिसे अवस्थामा मृत भेटिएका युवकमा कोरोना पुष्टिपर्साको वीरगन्जमा बेवारिसे भेटिएको १ शवमा पनि कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । नारायणी अस्पताल स्रोतका अनुसार २८ जेठमा वीरगन्जमा बेवारिसे अवस्थामा भेटिएको १ मृतक पुरुषमा शुक्रबार राती गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएको हो ।३१ जेठ, २०७७ Share
प्रदेश २ : २४ घण्टामा २०४ जनामा संक्रमणको पुष्टि, ३९ जना उपचारपछि डिस्चार्जपछिल्लो २४ घण्टामा प्रदेश-२ मा २ सय ४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । जसमध्ये ९ जना महिला र १ सय ९५ जना पुरुष रहेका छन्३० जेठ, २०७७ Share
प्रभावकारी काम नगरेको भन्दै रौतहटमा चिकित्सकलाई हटाइयोरौतहटमा एकजना चिकित्सकलाई पदवाट हटाइएको छ । कोरोना भाइरस संक्रमणको बेला जिम्मेवारीपूर्ण कार्यसम्पादन नगरेको भन्दै रौतहटको मौलापुर नगरपालिकाले मेडिकल अधिकृतलाई बर्खास्त गरेको छ३० जेठ, २०७७ Share
१० राउण्ड हवाई फायर, ५ राउण्ड गोली, १ को मृत्यु, ३ घाइतेसशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठका अनुसार जबरजस्ती नेपाल छिर्न पाउनुपर्ने माग राखेर बिहान भारतबाट आएको १ समूहले सीमा नाकामा खटिएका सशस्त्र प्रहरीका १ सुरक्षाकर्मीको हतियार नै खोसेर भागेका थिए३० जेठ, २०७७ Share
लकडाउनले घरघरमै सैलुन लकडाउनका कारण देशभरीका सैलुन बन्द छन् । सैलुन बन्द भएपछि अधिकांशले घरमै कपाल काटिरहेका छन् । घरमा कपाल काट्दा पैसाको बचत र कोरोनाबाट जोगिन सजिलो भएको छ ।३० जेठ, २०७७ Share
सरिता गिरीका कारण अप्ठ्यारोमा जनता समाजवादी पार्टीसांसद सरिता गिरीका कारण जनता समाजवादी पार्टी अहिले अप्ठ्यारोमा परेको छ । जसपालाई राष्ट्रिय पार्टी बनाउने अभियानमा लागेकाहरूलाई गिरीको कदमले धक्का दिएको केही राजनीतिक विश्लेषक बताउन थालेका छन् ।२९ जेठ, २०७७ Share
सरकारविरुद्व प्रदेश २ का विभिन्न जिल्लामा प्रदर्शन (तस्वीरसहित)कोरोना महामारीका बीच पनि सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै प्रदेश २ का विभिन्न स्थानमा सरकारविरुद्व युवाहरूले प्रदर्शन गरेका छन् ।२९ जेठ, २०७७ Share
गिरीको पक्षमा किन देखिए सर्वोच्चका पूर्वन्यायाधीश ?पूर्वन्यायाधीश गिरिशचन्द्र लालले लेखेका छन्–फरक विचार प्रति सहिष्णुता हुनैपर्छ । सहिष्णुता नभएमा दुर्भाग्यपूर्ण ! यसले धेरै प्रश्न पनि खडा गर्दछ२९ जेठ, २०७७ Share
सरिता गिरीको समर्थन गर्दै राज्यमन्त्री मण्डलले भने, ‘प्रतिकार गर्न तयार छौँ’ प्रदेश २ का १ जना राज्यमन्त्रीले सांसद सरिता गिरीको समर्थन गर्दै प्रतिकार गर्ने चेतावनी दिएका छन् । संघीय सांसद गिरीले संसदमा बोलेको कुरालाई लिएर देशभरी चर्को आलोचना भइरहेको बेला गिरीको पक्षमा प्रदेश २ मा माहोल तयार गर्ने कार्य भइरहेको छ । २८ जेठ, २०७७ Share
प्रदेश २ : २४ घण्टामा करीब २ सय संक्रमित थपिए, १४ हजार ५६५ जना रिपोर्टको प्रतीक्षामापछिल्लो २४ घण्टामा प्रदेश-२ मा १ सय ९६ जना व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ । सप्तरी जिल्लामा ६ जना, सिरहा जिल्लामा १३ जना, धनुषा जिल्लामा २२ जना, महोत्तरी जिल्लामा ४४ जना, सर्लाही जिल्लामा ४३ जना र रौतहट जिल्लामा ६८ जना व्यक्तिमा संक्रमण पुष्टि भएको हो२८ जेठ, २०७७ Share
हत्या र आत्महत्याको विरोधमा प्रहरी चौकीमा ढुंगामुढा, अश्रुग्यास प्रहारघटनाबाट आक्रोशित बनेका स्थानीयले प्रहरी चौकीमा ढुंगामुढा गर्दा प्रहरी चौकीमा राखिएको प्रहरी भ्यानको सिसा फुटेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्याससमेत प्रहार गरेको छ२८ जेठ, २०७७ Share
झा र यादवलाई नजरअन्दाज गरेपछि राजपालाई पुनः ब्युँताउने कसरत सुरूजनता समाजवादी पार्टी निर्माणमा २ प्रभावशाली नेतालाई नजरअन्दाज गरिएपछि राजपालाई पुनः ब्युँताउने कसरत सुरू भएको छ । राजपा नेपाल ६ वटा पार्टी मिलेर बनेको छ ।२७ जेठ, २०७७ Share
पीसीआर मेसिन खरिदका लागि वीरगन्ज महानगरलाई एकै दिन ७० लाख सहयोगकोरोना भाइरसको जाँच गर्ने पीसीआर मेसिन खरिदका लागि वीरगन्ज महानगरपालिकालाई एकै दिन ७० लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । वीरगन्ज उद्योग वाणिज्य संघले ११ लाख ११ हजार १ सय ११ र वीरगन्जका विभिन्न व्यवसायीहरूले ५९ लाख गरी ७० लाख रुपैयाँ सहयोग गरेका हुन् ।२७ जेठ, २०७७ Share
प्रदेश २ लागि थप ४ पीसीआर मेसिन खरिद गर्ने निर्णयप्रदेश २ सरकारले थप ४ वटा कोरोना परीक्षण गर्न पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको छ । काेरोना महामारी नियन्त्रणका लागि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिको आजको बैठकले थप ४ पीसीआर मेसिन खरिद गर्ने निर्णय गरको हो ।२६ जेठ, २०७७ Share
जसपा एकीकरण : अनिल र राजकिशोर कोटाविहीनजनता समाजवादी पार्टी (जसपा) निर्माणमा २ प्रभावशाली नेतालाई नजरअन्दाज गरिएको छ । सुरुका दिनमा असन्तुष्ट देखिएका अनिलकुमार झा र राजकिशोर यादव पार्टी एकीकरणमा सहभागिता जनाए पनि उनलाई एउटा पनि कोटा नदिएको दुवै निकटका नेताले बताएका छन्२६ जेठ, २०७७ Share
प्रदेश २ : २४ घण्टामा १ सय ७४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ सय नाघ्योआज संक्रमण पुष्टि भएकाहरूमध्ये सप्तरी जिल्लाका १६ जना, महोत्तरी जिल्लाका १२ जना, सर्लाही जिल्लाका १ सय २० जना, रौतहट जिल्लाका ११ जना, बारा जिल्लाका ७ जना र पर्सा जिल्लाका ८ जना रहेको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिएका छन्२६ जेठ, २०७७ Share
तराईमा आँप : उत्पादनमा उत्साह, बजारमा निराशावार्षिक अर्बौं रुपैयाँको आँप उत्पादन भए पनि जिल्लाका आँप उत्पादक किसानहरूले अपेक्षाअनुसारको आम्दानी गर्न सकेका छैनन्२५ जेठ, २०७७ Share