लकडाउनले घट्यो तापमानपूर्वी तराईमा जेठ महिनामा सधैँझैँ गर्मी छैन बरु पानी परेपछि यहाँका बासिन्दाले चिसोको अनुभव गरेका छन् । बन्दाबन्दीले सवारी साधनको चाप नहुँदा र दैनिकजसो भइरहेको वर्षाका कारण पनि तापमान नबढेको जानकारहरूको भनाइ छ ।२७ जेठ, २०७७ Share
क्वारेन्टाइनका लागि ४३ वटा होटलको सूची सार्वजनिकसरकारले विदेशबाट नेपाल आएका नेपालीले आफ्नै खर्चमा बस्नका लागि पहिलो चरणमा उपत्यकामा ४३ वटा होटलको सूची सार्वजनिक गरेको छ । होटल संघ नेपालले सरकारलाई बुझाएको होटलको विवरणअनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयले चारतारेदेखि पर्यटकीयस्तरका होटलको सूची सार्वजनिक गरेको हो ।२६ जेठ, २०७७ Share
रानीपोखरीको पुननिर्माण अन्तिम चरणमाभूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको रानीपोखरीको निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । बन्दाबन्दी हुँदाहुँदै पनि तीव्र गतिमा काम भइरहेको रानीपोखरी निर्माणको काममध्ये पोखरी निर्माणको काम ९७ प्रतिशत सम्पन्न भएको छ । यो साताभित्र पोखरी निर्माणको काम सम्पन्न हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।२६ जेठ, २०७७ Share
बाँझो जमिन सदुपयोग गर्न सरकारको निर्देशनसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माण गर्दा बाँझो जग्गालाई पूर्ण रूपमा सदुपयोग गर्ने गरी तय गर्न स्थानीय तहलाई आग्रह गरेको छ ।२५ जेठ, २०७७ Share
उपत्यकाका कोराना संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजीउपत्यकामा ५ जनालाई कोरोना (कोभिड-१९) सङ्क्रमण देखिएपछि उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी भइरहेको छ ।२५ जेठ, २०७७ Share
विद्यार्थीलाई घरघरमै पाठ्यपुस्तक वितरण गरिनेकोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण बन्दाबन्दीमा परेका लाखौँ विद्यार्थीलाई घरमै नयाँ पाठ्यपुस्तक उपलब्ध गराइने भएको छ ।२५ जेठ, २०७७ Share
लमजुङमा पनि फल्यो स्याउलमजुङमा पनि स्याउ फल्न थालेको छ । यसअघि हिमाली जिल्लामा स्याउ फल्दै आएकामा पछिल्लो समय पहाडमा पनि स्याउ फल्न थालेको हो ।२४ जेठ, २०७७ Share
हवाई उडानमा नयाँ मापदण्डः ज्वरो र खोकी लागेकालाई उड्न निषेधसरकारले वायु सेवा उडानमा संलग्न कम्पनीका लागि नयाँ हवाई उडान मापदण्ड ल्याएको छ । उडानपूर्व वायु सेवा सञ्चालकले जहाजलाई अनिवार्य रूपमा डिस्इन्फेक्ट (निर्मलीकरण) गर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड १९ को समयमा यसको सङ्क्रमण रोक्नका लागि जारी गरेको नयाँ मापदण्डमा यस्तो व्यवस्थालाई अनिवार्य गरिएको छ ।२४ जेठ, २०७७ Share
कोरोना संक्रमित बढेपछि शल्यक्रिया गर्नुपर्ने बिरामी मारमादेशव्यापीरूपमा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि शल्यक्रिया गर्नुपर्ने बिरामी सबैभन्दा धेरै मारमा परेका छन् ।२४ जेठ, २०७७ Share
अर्को निर्णय नभएसम्म बजार नखुल्ने अर्को निर्णय नभएसम्मका लागि राजधानीभित्र बन्दाबन्दीको बीचमा बजार खोल्न नदिने निर्णय भएको छ ।२३ जेठ, २०७७ Share
सीमा समस्यामा त्रिविले थाल्यो अनुसन्धानत्रिभुवन विश्वविद्यालयले मातहतका केन्द्रीय विभाग तथा अनुसन्धान केन्द्रलाई मुलुकको भूगोल, सीमा समस्या, नक्सालगायतका जल्दाबल्दा राष्ट्रिय मुद्दाका विषयमा अनुसन्धान गर्न क्रियाशील गराएको छ ।२३ जेठ, २०७७ Share
अनुमतिबिना सेवा सञ्चालन गर्दा कारवाहीमा एनसेलनियामकको अनुमतिबेगर सेवा सञ्चालन गरेको पाइएपछि दूरसञ्चार सेवा प्रदायक एनसेल कारवाहीमा परेको छ ।२२ जेठ, २०७७ Share
सलह नेपाल आउने सम्भावना न्यूनआम मानिसबीच कोरोना भाइरसबाहेक अर्को एउटा जैविक जीव सलहको अहिले चर्चा निकै छ । अफ्रिकाको केन्या, इथियोपिया, सोमालिया, सुडान, पाकिस्तान पसेको सलह यतिबेला भारत आइपुगेको छ ।२२ जेठ, २०७७ Share
भारतबाट लुकिछिपी नेपाल आउने घटेभारतबाट स्थलमार्ग हुँदै स्वदेश फर्काउन नेपाल-भारत सीमाका २० नाकालाई प्रवेश बिन्दु तोकिएपछि लुकिछिपी आउनेको सङ्ख्या घटेको छ । तर, कतिपय ठाउँमा तोकिएको प्रवेश बिन्दु पुग्नका लागि २ दिन हिँड्नुपर्ने भएकाले त्यसलाई व्यावहारिक बनाउनुपर्ने सुझाव पनि प्रमुख जिल्ला अधिकारीहरूको छ ।२२ जेठ, २०७७ Share
विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुनेविद्यालय तहमा अध्ययनरत लाखौँ विद्यार्थीले आगामी असार १ देखि वैकल्पिक विधिबाट पढाइ सुरू गर्ने भएपछि विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने भएको छ । विद्यार्थीले अब २०७७ चैतभित्र यो शैक्षिक सत्रको पढाइ पूरा गर्न सक्ने अवस्था सिर्जना भएको छ ।२१ जेठ, २०७७ Share
कोरोना संक्रमितलाई आयुर्वेदिक औषधि खुवाइँदैकोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूलाई आयुर्वेदिक औषधि र जडीबुटी खुवाउने गरिएको छ । शरीरमा आत्मबल अभिवृद्धि गर्न सके कोरोना भाइरसलाई परास्त गर्न सकिने भनी चिकित्सकहरूले सल्लाह दिएपछि सङ्क्रमणबाट जोगिन अन्यले पनि आयुर्वेदिक औषधि र जडीबुटी खान थालेका छन् ।२१ जेठ, २०७७ Share
डेढ महिना ग्रीन जोनमा रहेको सुदूरपश्चिममा फेरि कोरोना संक्रमित बढ्दै५ जना सङ्क्रमित निको भएर घर फर्किएपछि झन्डै डेढ महिनासम्म ‘ग्रीन जोन’ मा रहेको सुदूरपश्चिममा कोभिड-१९ को सङ्क्रमण पुनः उकालो लागेको छ । २१ जेठ, २०७७ Share
कोरोना हटस्पट नरैनापुरको अवस्था नियन्त्रणमा, त्रास घट्योभारतबाट फर्किएकामध्येबाट एक्कासी ठूलो संख्यामा कोरोना भाइरसका सङ्क्रमित फेला परेपछि कोरोना हटस्पट बनेको नरैनापुर गाउँपालिकाको अवस्था अहिले नियन्त्रणमा आएको छ ।२१ जेठ, २०७७ Share