क्वारेन्टाइनका भान्सेमा पनि कोरोना संक्रमणसर्लाहीमा केही दिनदेखि कोरोना सङ्क्रमितको संख्या तीव्र रुपमा बढिरहेको छ । सोमबार एकै दिन जिल्लामा अहिलेसम्मकै धेरै ३८ जना कोरोना सङ्क्रमित थपिएका छन् ।२० जेठ, २०७७ Share
मेलम्चीको सुरुङ परीक्षणको तयारीमेलम्ची खानेपानी आयोजनाको सुरुङ फिनिसिङको काम सकिएको छ । अब सुरुङको परीक्षण गर्ने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । हेडवक्र्सको काम भने भइरहेको छ ।१९ जेठ, २०७७ Share
लकडाउनमा चिटिक्क पारियो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललकडाउनले कतिपय क्षेत्रमा जनजीवन अस्तव्यस्त भए पनि केही क्षेत्रमा निकै सुधारको अवसर मिलेको छ । नेपालको हालसम्म सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवेदेखि यात्रु आगमन तथा प्रस्थान कक्षमा व्यापक सुधार भएको छ ।१९ जेठ, २०७७ Share
विदेशमा रहेका नेपाली श्रमिक फर्काउने तयारी अन्तिम चरणमा सरकारले कोभिड-१९ को अप्ठ्यारो परिस्थितिका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउने तयारी गरेको छ ।१९ जेठ, २०७७ Share
बिओपी स्थापना गर्न हिल्सा पुग्यो सशस्त्रको टोलीनेपाल-चीनको सिमाना हिल्सामा सशस्त्र प्रहरी बलको एक टोली पुगेको छ । हिल्सामा सशस्त्र प्रहरी बलको सीमा सुरक्षाा चौकी (बिओपी) स्थापनाको बन्दाबस्ती गर्नका लागि ४ हजारभन्दा अग्लो नारा लेक काटेर एक टोली हिल्सामा पुगेको हो ।१९ जेठ, २०७७ Share
नेपाली सेनामा १ सातामा १६ जनालाई कारवाहीनेपाली सेनाले अनुशासन र आचारण विपरीतका क्रियाकलाप हुने गरेको उजुरी परेसँगै छानबिन गर्न कारवाही तीव्र बनाएको छ । भ्रष्टाचारमा संलग्न उच्च सैनिक अधिकारी तथा कर्मचारीसमेत कारबाहीमा परेका छन् ।१८ जेठ, २०७७ Share
आयोगको अध्ययन प्रतिवेदनः भारतद्वारा निर्मित तटबन्धले २१ जिल्ला डुबानमाराष्ट्रिय मानव अधिकार आयोगको अध्ययन प्रतिवेदनले नेपाल-भारत सीमामा भारतद्वारा निर्माणाधीन सडक-बाँध-तटबन्धले तराईको अधिकांश भूभाग डुबानमा पर्ने गरेको देखाएको छ ।१८ जेठ, २०७७ Share
एउटै गाउँमा ३ हजार मेट्रिक टन आलुबैतडीको एउटै गाउँमा ३ हजार मेट्रिक टन आलु फलेको छ । बैतडीको पाटन नगरपालिका–८, खोड्पेका २९ घरपरिवार किसानको २ सय रोपनीमा ३ हजार मेट्रिक टन आलु फलेको हो ।१८ जेठ, २०७७ Share
त्रिविमा आङ्गिक क्याम्पस थपिँदैत्रिभुवन विश्वविद्यालय (त्रिवि) का आङ्गिक क्याम्पस थप गरिने भएको छ । सरकारले विश्वविद्यालयका पदाधिकारीकै सहमतिमा यस पटक आङ्गिक क्याम्पस थप गर्ने योजना बनाएको हो ।१७ जेठ, २०७७ Share
भारतले भन्यो, ‘पारस्परिक सम्मानका आधारमा अघि बढ्छौँ’नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा सीमाक्षेत्रलाई लिएर भारतले आफू पर्ख र हेरको अवस्थामा रहेको प्रतिक्रिया दिएको छ । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा सीमाक्षेत्रलाई लिएर भारतले आफू पर्ख र हेरको अवस्थामा रहेको प्रतिक्रिया दिएको छ । १७ जेठ, २०७७ Share
हरेक प्रदेशमा २ राष्ट्रिय राजमार्गसरकारले हरेक प्रदेशमा कम्तीमा २ राष्ट्रिय राजमार्ग पुग्ने गरी सडक निर्माण अगाडि बढाइने गरी आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।१६ जेठ, २०७७ Share
छोरीलाई अँगालो मार्दा आमाछोरी क्वारेन्टाइनमाधनगढीबाट आएकी छोरीलाई अँगालो मार्दा १ महिला क्वारेन्टाइनमा बस्न बाध्य भएकी छिन् । आफ्नै छोरीलाई माया गर्दा घरमै रहेकी ती महिलाले क्वारेन्टाइनको बास होला भन्ने कल्पनासम्म गरेकी थिइनन् ।१६ जेठ, २०७७ Share
तत्काल ५ लाखको कोरोना परीक्षण गर्ने सरकारकाे तयारीसरकारले कोरोना भाइरस संक्रमण प्रभावित क्षेत्र र संक्रमितको सम्पर्कमा रहेका करिब ५ लाख जनाको कोरोना परीक्षण गर्ने गरी तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी मुलुक भारतलगायत विदेशबाट नेपाली आउने क्रम बढ्ने आकलनसहित क्वारेन्टाइन, आइसोलेसन र परीक्षणको दायरा बढाउने गृहकार्य गरिरहेको छ ।१४ जेठ, २०७७ Share
विदेशमा रहेका झण्डै ९ लाख नेपाली ल्याउने सरकारको तयारीकोरोना भाइरस (कोभिड–१९) का कारण भारतसहित तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने तयारी थालिएको छ । १३ जेठ, २०७७ Share
होटललाई क्वारेन्टाइन बनाउन व्यवसायी तयारसर्तसहित होटलहरूलाई क्वारेन्टाइन बनाउन व्यवसायीहरू तयार भएका छन् । होटलहरूको छाता संगठन होटल एसोसिएसन अफ नेपाल (हान) ले पर्यटन विभागसँगको छलफलपछि यसका लागि तयार भएको हो ।१३ जेठ, २०७७ Share
जाग्दैछ कोरोना खोपको आशा, ९ वटा खोप परीक्षणको तेस्रो चरणमाकोरोना भाइरस (कोभिड–१९) का निम्ति खोप विकास गर्न अन्तर्राष्ट्रिय समुदाय लागिरहेको छ । प्रभावकारी निष्कर्ष अझै आउन सकेको छैन । ९ वटा खोप परीक्षणको तेस्रो चरणमा पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ । हाल विश्वभर १५५ भन्दा बढी खोप विकासको परीक्षण चलिरहेको छ ।१२ जेठ, २०७७ Share
कर्णाली करिडोरको च्याछरा भीरको ट्रयाक खोल्ने कार्य पूराकर्णाली करिडोरको निकै असजिलो खण्डमा पर्ने च्याछरा भीरको प्रारम्भिक ट्रयाक खोल्ने कार्य ४ वर्षमा पूरा भएको छ । निर्माण कम्पनीले तोकिएको अवधिमा काम सुरू गरे पनि पटक पटक प्राविधिक कठिनाइले काम रोकिएको थियो । अहिले बन्दाबन्दीमा काम नियमित गरिँदा कडा चट्टानी भागमा ट्रयाक खोल्ने कार्य पूरा गरिएको छ ।१० जेठ, २०७७ Share
अनुुसन्धानमा सरकार र त्रिभुवन विश्वविद्यालयबीच सहकार्यसरकार र त्रिभुवन विश्वविद्यालयका अनुसन्धान केन्द्रका बीचमा अध्ययन तथा अनुसन्धानात्मक कार्यमा सहकार्य हुनसक्ने भएको छ । विगतमा सरकारले आफ्नै हिसाबले अनुसन्धान गर्ने तर विश्वविद्यालयका अनुसन्धान केन्द्रहरू कामविहीन हुने अवस्था अन्त्यका लागि अब सहकार्यको सुरूवात हुने भएको हो ।१० जेठ, २०७७ Share