सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर ५ को मतदान केन्द्रमा बम विस्फाेट भएकाे छ ।
मतदान सुरु हुनासाथ बिहान ८ बजे मतदान परिसरमै सुतली बम विस्फोट भएको हो । विस्फाेटमा मानवीय क्षति भने नभएको बर्जु गाउँपालिकाका अध्यक्ष जीवच्छकुमार रायले बताए ।
स्थानीय विवेककुमार मेहताका अनुसार बिहान बम विस्फोट भएलगत्तै मतदानका लागि आएका सर्वसाधारणलाई परिसरमा जान रोकिएको थियाे । बम विस्फोट भएसँगै मतदान केन्द्रनजिक अर्को शंकास्पद बस्तु भेटिएकाे थियाे ।
अध्यक्ष रायले नेपाली सेनाकाे बम डिस्पोजल टोलीले उक्त शंकास्पद बस्तु डिस्पाेज गरिसकेकाे जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९ ११:५९