निन्द्राको विज्ञान आफैँमा निकै रोचक छ । यसको विभिन्न रहस्य पछिल्ला केही वर्षयता खुलिरहेका छन् । अनुसन्धानकर्ताहरूले आजसम्म पनि ठीकसँग पत्ता लगाउन सकेका छैनन्, आखिर निन्द्राले हाम्रो दिमागमा कसरी काम गर्छ ? हामीलाई सपना किन आउँछ ? त्यसको अर्थ के हुन्छ ?
तपाईंलाई हामीले निन्द्राबारे १० रोचक र महत्त्वपूर्ण कुराबारे जानकारी गराउँदै छाैँ ।
१. सुगन्ध
निन्द्राको समय आसपास सुगन्ध भयो भने यस क्रममा तपाईंको स्मरणशक्ति राम्रो हुन्छ । कुनै कुरा सिक्न उत्सुक स्वभाव तपाईंमा बढ्छ ।
२. काम्नु वा झस्कनु
नेपाली समाजमा निन्द्राको समय काम्नु वा झस्कनुलाई राम्रो मानिँदैन । तर वैज्ञानिकहरूका अनुसार, निन्द्राका क्रममा शरीर काम्नु वा झस्कनु सामान्य कुरा हो । यसलाई हिप्रक जर्क भनिन्छ । शरीर वा मस्तिष्कमा यसको कुनै असर पर्दैन ।
३. राम्रो निन्द्रा
एक अध्ययनका अनुसार, यदि अस्ट्रेलिया मूलका बासिन्दाको वाद्य डिजरिडू (बासुरीजस्तै तर लामो बाजा) बजाउँदा सास लिने मांसपेसीहरू बलियाे हुन्छन् । यस्तो बजाउने मानिसलाई निकै राम्रोसँग निन्द्रा लाग्छ ।
४. सुत्ने समय
प्राकृतिक रूपमा सुत्ने समय दिउँसो २ बजेदेखि ४ बजेको बीचमा हुनुपर्छ, जसबाट रचनात्मकता बढ्छ । यो समयमा लिइएको आरामले तपाईंको ऊर्जालाई छिट्टै ‘रिस्टोर’ गरिदिन्छ ।
५. कसैका लागि चार घण्टा काफी
केही वर्षअघि वैज्ञानिकले पत्ता लगाएका थिए, जिन म्यूटेसनका कारण जो मानिसमा डीईसी२ जीन हुन्छ, उनीहरूका लागि चार घण्टा मात्रै सुते पनि काफी हुन्छ । यति समय निदाउँदा पनि त्यस्ता मानिसले भरपूर ऊर्जाका साथ पूरै दिन काम गर्न सक्छन् । तर यस्तो हरेक व्यक्तिमा सम्भव हुँदैन । हामीले आफ्नो शरीर र यसलाई चाहिने निन्द्राको बारेमा विशेष ख्याल राख्नुपर्ने हुन्छ ।
६. आठ घण्टाको निन्द्रा आवश्यक
प्राकृतिक रूपमा केवल ५ प्रतिशत मानिस कम निदाउने किसिमका हुन्छन् । तर धेरैजसाेलाई हरेक दिन ८ घण्टाको निन्द्रा आवश्यक पर्छ । तर पनि ३० प्रतिशतजति मानिस ६ घण्टाभन्दा कम निदाउँछन् ।
७. स्मरणशक्ति व्यवस्थित गर्ने समय
निन्द्राको एक सिद्धान्तअनुसार, निन्द्राका क्रममा हाम्रो दिमागले स्मृतिलाई यही तरिकाले व्यवस्थित गर्ने गर्छ । शायद कटु अनुभवसँग जुध्न पनि निन्द्राले हामीलाई मद्दत गर्छ ।
८. सपनाको भिडियो
केही विशेषज्ञले मानिसहरूको दिमागको सक्रियताको आधारमा उनीहरूले हेरेका युट्युब भिडियोको रिकन्स्ट्रक्ट गरे । यही तरिकाको प्रयोग गर्दै एक दिन हाम्रो सपनालाई पनि रिकन्स्ट्रक्न गर्न सकिने ठानिएको छ ।
९. कम निन्द्राको हल
सैन्य अनुसन्धानहरूका अनुसार, तपाईं पहिल्यैदेखि केही ज्यादासम्म सुत्नुहुन्थ्यो, तर पछि कम निदाउँदा तपाईंमाथि धेरै असर पर्दैन ।
१०. ६ घण्टाभन्दा कम निन्द्रा, नसाजस्तै हालत
तपाईं लगातार १२ रातसम्म ६ घण्टाभन्दा कम सुत्नुभयो भने, तपाईं चुस्तता र चेतना त्यस्ते हुन्छ, जस्तो कि तपाईंको रगतमा ०.१ प्रतिशत अल्कोहल हुँदा हुन्छ । तपाईंको बोली प्रस्ट हुँदैन । सन्तुलन बिग्रिएको हुने छ । स्मरणशक्ति पनि तेज हुन्न । अर्को शब्दमा भन्दा तपाईं नशामा हुनुहुनेछ ।
स्राेत : बीबीसी फ्युचर
प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९ ०६:१५