स्ट्यान्डर्ड चार्टर्ड बैंकले २५ मंसिरमा आफ्नो ३६औँ साधारणसभा गर्ने भएको छ । आर्मी अफिसर्स क्लब, भद्रकालीमा हुने सो साधारणसभाले शेयरधनीहरूलाई चुक्ता पुँजीको १६.५१ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।
यसअघि बैंकले करसहित १६.५१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको थियो । यससँगै सो दिन लेखापरीक्षक नियुक्ति गर्ने, सर्वसाधारण शेयरधनीहरूको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्नेलगायतका प्रस्तावहरु पनि पारित हुनेछन् ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर ७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । यसअनुसार मंसिर ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले बैंकको साधारणसभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९ १२:५८