साताको कारोबारको दोस्रो दिन सोमबार शेयरबजार मापक परिसूचक नेप्से ६.४३ अंकले घटेर १९५८.९४ बिन्दुमा ओर्लिएको छ । बजार घटेसँगै सोमबार ठूला कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.१९ अंकले घटेर ३८५.३३ बिन्दुमा झरेको छ ।
यसदिन कारोबारमा आएका २२४ वटा कम्पनीको ३५ हजार ११२ पटकको शेयर किनबेच हुँदा २ अर्ब १० करोड ९१ लाख ६३ हजार ३८४ रुपैयाँ बराबरमा ४९ लाख ४४ हजार ७६ कित्ता शेयर कारोबार भयाे । आज समग्र बजार घटे पनि ५ वटा उपसमूहका सूचकमा हरियाली छाएको छ । अन्य ८ वटा उपसमूहका सूचक भने राताम्मे देखिएका छन् ।
यसदिन व्यपार उमसमूहको सूचक ०.१७ प्रतिशतले वृद्धि भएको छ भने लाइफ इन्स्योरेन्सको ०.५१, म्युचुअल फण्डको १.०६, इन्भेष्टमेन्टको ०.०१ र अन्य उपसमूह ०.०६ प्रतिशतले बढेको छ ।
सोमबार ५६ वटा कम्पनीका लगानिकर्ताले कमाएका छन् भने १२६ वटा लगानिकर्ताले गुमाएका छन् । आज सर्वाधिक धौलागिरि लघुवित्त वित्तीय संस्थाका लगानिकर्ताले कमाएका छन् । कम्पनीको शेयर मूल्य ८ प्रतिशतभन्दा बढिले वृद्धि भएर प्रतिकित्ता १९८ रुपैयाँ कायम भएकाे छ । सर्वाधिक गुमाउनेमा ग्लोबल आईएमई लघुवित्त र सर्पाेट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानिकर्ता रहेका छन् । यी कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढिले घटेको छ ।
आज सर्वाधिक शेयर कारोबार भने जाल्पा सामुदायिक लघुवित्तको भयाे । उक्त कम्पनीको १५ करोड १६ लाख १३ हजार रुपैयाँ बराबरको शेयर कारोबार हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३६४५ रुपैयाँ कायम भयाे ।
प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९ १५:५१