जाल्पा सामुदायिक लघुवित्त र एभेरेष्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्तालाई आकर्षक लाभांश दिने घोषणा छन् ।
जाल्पा लघुवित्तले शेयरधनीलाई कम्पनीको हाल कायम चुक्ता पुँजीको ७३ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ३.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यता एभरेष्ट बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २०.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा १३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ७.६८ प्रतिशत नगद लाभांश गरी कुल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कात्तिक १८ गते शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९ ११:४४