हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले हिरो एक्सपल्स २०० मोटरसाइकल खरिद गरेका ग्राहकहरूलाई लोमान्थाङ भ्रमणमा लगेको छ ।
कम्पनीका अनुसार यही कात्तिक १६ गतेबाट करिब ३० जनाभन्दा बढी एक्सपल्स २०० मोटर चढ्ने ग्राहकहरूलाई सहभागिता गराउँदै यात्रा सुरु गराएको हो । सो यात्रा काठमाडौं–पोखरा–लेटे–जोमसोम–मुक्तिनाथ–लोमान्थाङहुँदै करिब ९०० किमिको हुने कम्पनीले जनाएको छ ।
नेपाल जनरल मार्केटिङका अध्यक्ष अभिक ज्योतिले टेकु, बुधबारीमा रहेको हिरोको शोरुममा कात्तिक १६ गते फ्ल्याग अफ गरेर यात्राको शुभारम्भ गरेका हुन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९ १७:५२