सामाजिक सञ्जाल ट्वीटरको अकाउन्ट भेरिफाइड भएको संकेत चिह्न नीलो रंगको टिक मार्कका लागि अब हरेक महिना आठ डलर तिर्नुपर्ने भएको छ ।
ट्वीटरका सीईओ एलन मस्कले अबदेखि मासिक आठ डलर तिरेपछि मात्रै निलो रंगकाे टिक मार्क चिह्न पाइने घाेषणा गरेका छन् ।

उनले यसअघि अकाउन्ट भेरिफाइड भएको निलो चिह्नका लागि २० डलरको प्रस्ताव गरेकोमा फरक–फरक देशको फरक फरक क्रयशक्ति भएका कारण क्रयशक्ति क्षमता अनुसार मासिक आठ डलर तोकिएको जानकारी दिएका छन् ।
उनले ट्वीटर भेरिफाइडका लागि परम्परागत प्रणाली उचित नभएको भनेर आलोचना गर्दै निश्चित रकम लिने नयाँ प्रणालीले ट्वीटर कम्पनी र प्रयाेगकर्ता दुवैलाई फाइदा पुग्ने दाबी गरेका छन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९ ०८:४५