नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज, वस्तु विनिमय बजार, नयाँ ब्रोकर लाइसेन्सको निवेदन लिनेलगायत सबै प्रक्रिया स्थगित गरेको छ ।
बोर्डले मंगलबार सार्वजनिक सूचना जारी गर्दै ब्रोकर लाइसेन्स, वस्तु विनिमय बजार र ब्रोकर लाइसेन्स वितरणको प्रक्रिया अनिश्चित समयसम्मका लागि स्थगित भएको जानकारी दिएको हो।
‘सम्मानित सर्वोच्च अदालतबाट गत कात्तिक ४ गते जारी भएको अल्पकालीन अन्तरिम आदेशअनुरुप गत असोज २ गते प्रकाशित सूचनाबमोजिमका आवेदन लिनेलगायतका थप काम कारबाही बोर्डबाट अर्को निर्णय नभएसम्मका लागि यथास्थितिमा राख्ने निर्णय भएको जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९ १३:२१