सशस्त्र प्रहरी मुख्यालयले दुई जिल्ला प्रमुख गणपतिलाई तानेको छ । विवादमा मुछिएका सप्तरी जिल्ला प्रमुख र दार्चुला जिल्ला प्रमुख फेरिएका हुन् ।
सप्तरीका गण नम्बर ६ का गणपति एसपी प्रदीप खड्कालाई तानेर उनको ठाउँमा ककनी तामिल शिक्षालयमा कार्यरत एसपी तीर्थ पौडेललाई पठाएको छ ।
त्यस्तै, दार्चुलाका एसपी त्रिभुवन विष्टलाई तानेर उनको ठाउँमा सशस्त्र प्रहरी तालिम शिक्षालय नौबस्ता बाँकेका एसपी डम्बर विष्टलाई पठाएको छ । उनीहरू दुवै जना विवादित गणपति हुन् ।
सप्तरीका एसपी केही दिनअघि बोर्डर आउट पोस्ट (बीओपी) छिन्नमस्तामा कार्यरत शसस्त्र प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादव हत्या प्रकरणमा विवादित भएका थिए ।
त्यस्तै, त्रिभुन विष्ट गणमा कार्यरत अधिकांश कर्मचारीलाई बिदा दिएर रासन घोटाला गरेको घटनामा मुछिएका थिए । दुवै एसपी हेडक्वार्टर तानिएका छन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९ १५:३४