सर्लाहीमा एक सहकारीका कर्मचारीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ ।
बागमती नगरपालिका- १, मिलन चोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी लालबन्दी नगरपालिका- २, जुटपानीका ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो ।
उनको सर्लाहीमा उपचार सम्भव नभएपछि काठमाडौं रिफर गरिएको छ । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएको समूहले गोली प्रहार र उनीहरूको खोजी भइरहेकाे प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९ १५:१५