मंगलबार ५५ करोडमा सीमित बनेको शेयर कारोबार बुधबार १४ करोड रुपैयाँले बढेको छ । बुधबार नेप्से परिसूचक ११.३६अंकले बढेर १८६६.५२ अंकमा आइपुग्दा ६९ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज २ सय २३ कम्पनीको २० लाख कित्ता शेयर १४ हजार पटक खरिदविक्री भएको छ । मंगलबार दोहोरो अंकले नेप्से सूचक घटेसँगै कारोबार रकम पनि घटेको थियो । लगानीकर्ता मंगलबार दिनभर जसो कारोबारमा डराइरहँदा बुधबार भने किन्न उत्सुक देखिए । तर किन्ने लगानीकर्ताको पर्याप्त सहभागिता भने आज पनि देखिएन ।
मंगलबारको गिरावटलाई लिएर केहिीलगानीकर्ताले कारोबार सुरु भएबाट शेयर खरिद गर्न थालेका थिए । जसले गर्दा कारोबार सुरु भएको ७ मिनेटमै नेप्से सूचक ४ अंकले बढिसकेको थियो । ११ बजेर ७ मिनेट जाँदासम्म उकालो लागेको नेप्से त्यसपछि १ बजेसम्म स्थिर बन्याे । १ बजेपछि फेरि उक्लिएको बजार बन्द हुँदासम्म हरियालीमय रह्याे ।
बजार हरियो बन्दा व्यपार र म्युचुअल फण्ड बाहेकका सबै समूहको सूचक बढेको छ । जसमा सबैभन्दा धेरै आज निर्जीवन वीमा कम्पनीहरूले कमाएका छन् भने सबैभन्दा धेरै म्युचअल फण्डहरूले गुमाएका छन् ।
कम्पनीगत रुपमा भने आजको कारोबार बाट १ सय ४० वटा कम्पनीले शेयरमूल्य बढाउन सफल बनेका छन् । जसमा आयान लघुवित्त अग्रस्थानमा छ । यो कम्पनीको कित्तामा ५५ रुपैयाँले बढेर सकारात्मक सर्किट लागेको छ । यो बाहेक मानुशी लघुवित्त, प्रोग्रेशिभ फाइनान्स लगायतका कम्पनी पनि आज शेयरमूल्य बढाउनेको सूचिमा अग्रस्थानमा आएका छन् ।
घट्नेमा भने आज जम्मा ३९ कम्पनीहरू रहेका छन् । जसमा एभरेष्ट बैंकको ९ प्रतिशतले शेयरमूूल्य घटेको छ । कारोबारमा भने आज पनि नविल बैंक नै अगाडि देखिएको छ । यो बैंकको आज २ करोडको कारोबार भएको हो ।
प्रकाशित मिति: बुधबार, असोज २६, २०७९ १५:४६