२३ महिनायताकै न्यून विन्दुमा पुुगेर नेप्से फेरि उकालो लागेको छ । मंगलबार बजार १८३८ पुुगेर बन्द भएकोमा बुुधबार कारोबार खुलेबाटै बजार बढ्न सुुरु गरेको हो ।
यो समाचार तयार पार्दासम्म नेप्से सूचक १२.४१ अंकले बढेर १८५० अंकमा आइपुुगिसकेको छ । यसअघि १८६२ अंकमा पुुगेको नेप्से १५ मिनेटपछि १८४१ अंकमा ओर्लिसकेको थियो । यद्यपि बजारमा घटेको मौका छोपी शेयर किन्ने लगानीकर्ताको चाप बढ्दै जाँदा ११ बजेर ३० मिनेट जाँदा देखिएको नेप्सेको ओरालो यात्रा सकिएको थियो । त्यसयता नेप्से स–साना उतारचढावका बीच उकालो नै लागिरहेको छ ।
करिब ५ कारोबार दिनपछि बढेको बजारमा अहिलेसम्म १ सय ४९ वटा कम्पनीको शेयरमूूल्य बढेको छ भने ३० कम्पनी अझै राताम्मे नै देखिएका छन् । कम्पनीको शेयरमूल्य बढ्न सुरु गरेसँगै यतिबेला नबिल बैंकको शेयरमा लगानीकर्ता झुम्मिन पुुगेका छन् । जसले गर्दा अहिलेसम्म यो कम्पनीको १ करोड ९८ लाख रुपैयाँबराबरको शेयर खरिबिक्री भइसकेको छ ।
प्रकाशित मिति: बुधबार, असोज ५, २०७९ १३:२२