एनसेल आजियाटा लिमिटेडले आठौँ संविधान दिवसको अवसर पारेर आइतबारदेखि नयाँ दुई विशेष अफर ल्याएको छ । कम्पनीले ल्याएको सो अफरमा ग्राहकहरूले आकर्षक अनलिमिटेड डाटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको फाइदा लिन सक्नेछन् ।
यी प्याकहरू आइतबारबाट तीन दिनका लागि मात्र सञ्चालनमा रहनेछन् । यसको मतलब ग्राहकहरूले यी प्याकहरू आइतबारदेखि मंगलबार अर्थात् असोज २ देखि ४ गतेसम्म मात्र प्रयोग गनै पाउनेछन् । असोज ३ गते सोमबार आठौँ संविधान दिवस मनाइँदै छ ।
ग्राहकहरूले एक दिन समयावधि रहेको अनलिमिटेड डाटा र अन नेट भ्वाइस प्याक करसहित ५९ खरिद गर्न सक्छन् । यो प्याक सुचारु गरेपछि ग्राहकले एक दिन अर्थात् २४ घण्टासम्म अनलिमिटेड डाटा र अन नेट भ्वाइस प्याकको सेवा लिन पाउँछन् ।
एनसेलबाहेक अन्य सेवाप्रदायकका नम्बरहरूमा यो अफर अवधिभर अझ सुलभ दरमा कल गर्न र एसएमएस पठाउन ग्राहकले ९५ रुपैयाँमै २०० मिनेट अल नेट टक टाइम र २०० वटै एसएमएस बन्डल भएको प्याक लिन सक्छन् । यस प्याकमा पाइने अल नेट टक टाइम र एसएमएसको समयावधि ३ दिनको हुनेछ ।
संविधान दिवसको अवसरमा ल्याइएका दुवै प्याकले ग्राहकलाई ठूलो महत्त्व राख्ने विश्वास रहेको एनसेलले जनाएको छ । यी प्याकमार्फत ग्राहकले अझ सुलभ दरमा भ्वाइस, डाटा र एसएमएस सेवा लिन सक्छन् ।
एनसेलले ल्यायो अनलिमिटेड र अल नेटवर्क प्याक, ९५ रुपैयाँमा २०० मिनेट टक टाइम एनसेल आजियाटा लिमिटेडले आठौँ संविधान दिवसको अवसर पारेर आइतबारदेखि नयाँ दुई विशेष अफर ल्याएको छ । कम्पनीले ल्याएको सो अफरमा ग्राहकहरूले आकर्षक अनलिमिटेड डाटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको फाइदा लिन सक्नेछन् ।
यी प्याकहरू आइतबारबाट तीन दिनका लागि मात्र सञ्चालनमा रहनेछन् । यसको मतलब ग्राहकहरूले यी प्याकहरू आइतबारदेखि मंगलबार अर्थात् असोज २ देखि ४ गतेसम्म मात्र प्रयोग गनै पाउनेछन् । असोज ३ गते सोमबार आठौँ संविधान दिवस मनाइँदै छ ।
ग्राहकहरूले एक दिन समयावधि रहेको अनलिमिटेड डाटा र अन नेट भ्वाइस प्याक करसहित ५९ खरिद गर्न सक्छन् । यो प्याक सुचारु गरेपछि ग्राहकले एक दिन अर्थात् २४ घण्टासम्म अनलिमिटेड डाटा र अन नेट भ्वाइस प्याकको सेवा लिन पाउँछन् ।
एनसेलबाहेक अन्य सेवाप्रदायकका नम्बरहरूमा यो अफर अवधिभर अझ सुलभ दरमा कल गर्न र एसएमएस पठाउन ग्राहकले ९५ रुपैयाँमै २०० मिनेट अल नेट टक टाइम र २०० वटै एसएमएस बन्डल भएको प्याक लिन सक्छन् । यस प्याकमा पाइने अल नेट टक टाइम र एसएमएसको समयावधि ३ दिनको हुनेछ ।
संविधान दिवसको अवसरमा ल्याइएका दुवै प्याकले ग्राहकलाई ठूलो महत्त्व राख्ने विश्वास रहेको एनसेलले जनाएको छ । यी प्याकमार्फत ग्राहकले अझ सुलभ दरमा भ्वाइस, डाटा र एसएमएस सेवा लिन सक्छन् ।
प्रकाशित मिति: आइतबार, असोज २, २०७९ १७:०९