नेपाली कांग्रेसले नेता प्रदीप गिरिको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ ।
आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आइतबार, सोमबार र मंगलबार गरी तीन दिन केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा आधा झण्डा झुकाउने र श्रद्धाञ्जलिबाहेकका अरु कार्यक्रम नगर्ने निर्णय गरेको हो ।
कांग्रेसले केन्द्र र मातहतका सबै कार्यालयमा १३ दिनसम्म शोक पुस्तिका राख्ने र भदौ १६ गते केन्द्र र सबै जिल्लामा शोकसभा गर्ने निर्णय पनि गरेको छ ।
शनिबार राति साढे ९ बजे गिरीको निधन भएको थियो । उनकाे आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कांग्रेसले जनाएकाे छ ।


प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९ १२:५८