अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपछि भारतले नेपाललाई पठाएको पछिल्लो मूल्य पनि घटेको छ । गत सोमबार भारतले डिजेल र पेट्रोलममा मूल्य घटाएर पठाए पनि नेपाल आयल निगमले भने मूल्य नघटाउने भएको छ । निगमले स्वचालित रूपमा मूल्य समायोजन गर्ने प्रणाली सुरु गरे पनि योपटक भने मूल्य समायोजन नगर्ने भएको हो ।
निगमले बुधबार एक सूचना जारी गर्दै मूल्य नघटाइने बताएको छ । अझै घाटा रहेको र पुरानो बक्यौता तिर्न बाँकी रहेको भन्दै निगमले अहिलेलाई मूल्य यथावत् राख्नुपर्ने अवस्था आएको बताएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९ १८:२०