डिस मिडिया नेटवर्कले आई टीभी सेवा सुरु गरेको छ । इन्टरनेट सेवालाई विस्तार गरिरहेकोमा कम्पनीले पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरूको चाहनालाई मध्यनजर गरेर नयाँ सेवा थप गरेको जनाएको छ ।
पे टीभीमा मात्र आफ्नो सेवा प्रदान गरिरहेको यस कम्पनीले आफ्नो व्यवसायलाई विस्तार गर्दै केबल टीभी, इन्टरनेट, टेरिस्टेरियल (टिटु) टीभी र आई टीभीमा समेत आफ्नो सेवालाई विस्तार गरिरहेको छ ।
कम्पनीले ग्राहकका लागि इन्टरनेट सेवा डिसहोम फाइबर नेट, सिम टीभी र ताररहित टेरिस्टेरियल (टिटु) टीभीमार्फत सेवा प्रदान गरिरहेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९ १८:२५