यामाहा नेपालले थाइल्यान्डको चाङ अन्तर्राष्ट्रिय सर्किटमा हुन गइरहेको मोटो जिपी, २०२२ प्रत्यक्ष हेर्न चार जना विजेतालाई लैजाने भएको छ ।
असार ९ गतेबाट कम्पनीले सुरु गरेको ‘रोड टु मोटो जिपी’ नामक स्किमअन्तर्गत यामाहाको आधिकारिक शोरूममा आई फारम भर्नेहरूमध्येबाट लक्की ड्रमार्फत १ जना र बाइक/स्कुटर खरिदकर्ताहरूमध्ये तीन जना भाग्यशाली विजेताहरूको छनोट गरी थाइल्यान्ड लैजान लागेको हो ।
‘रोड टु मोटो जिपी’ यामाहा नेपालले बाइकप्रेमीहरूलाई मोटो जिपी प्रत्यक्ष हेर्दाको दुर्लभ अनुभव प्रदान गर्ने उद्देश्यका साथ मोटो जिपीसँग समन्वय गरी ल्याइएको स्किम रहेको कम्पनीले जनाएको छ । ती चार जना भाग्यशाली विजेताहरूका लागि सो अवधिभरको लजिङ र फुडिङको व्यवस्था पनि कम्पनीले नै बेहोर्ने कम्पनीले उल्लेख गरेको छ ।
असार ९ गते जेनेसिस क्याफेमा कम्पनीले आफ्नो स्पोर्ट बाइक आरवान १५ एमको लञ्चसँगै ‘रोड टु मोटो जिपी’नाम दिई उक्त स्किम सार्वजनिक गरेको थियो, जसअन्तर्गत कम्पनीको आधिकारिक शोरूममा आई फारम भर्नेका लागि सो स्किम लागू गरिने व्यवस्था कम्पनीले गरेको थियो ।
यस वर्षको मोटो जिपी थाइल्यान्डको चाङ अन्तर्राष्ट्रिय सर्किटमा भाद्र १४ र स्किममा सहभागी हुन मानिसहरूले साउन मसान्तसम्ममा कम्पनीको आधिकारिक शोरूममा आई फारम भरिसक्नुपर्ने कम्पनीले जानकारी दिएको छ । लक्की ड्रमार्फत विजेताहरू छनोट गरिने कार्यक्रम भने भाद्रमा राखिएको कम्पनीले उल्लेख गरेको छ ।
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९ १८:५७