सिभिल बैंकका ग्राहकहरूले विराटनगरको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका छन् ।
सिभिल बैैंकका प्रदेश–१ का प्रमुख राजेश ढकाल र हस्पिटलका अध्यक्ष बैंकका डा.ज्ञानेन्द्रमान सिंह कार्कीले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौताअनुसार ग्राहकहरूले ओपीडी, बेड चार्ज तथा अपरेसनमा लाग्ने शुल्कमा १० प्रतिशत छुट पाउने व्यवस्था छ ।
७ लाखभन्दा बढी ग्राहकहरूलाई ११५ शाखाहरूमार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १२ एक्सटेन्सन काउन्टरहरू र ९९ एटीएम रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९ १८:०४