सरकारले आज राति १२ बजेपछि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्यबढाएको हो ।
पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाइएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १८१ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ कायम भएको छ । यस्तै आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १९० पुगेको छ ।
प्रकाशित मिति: सोमबार, असार २०, २०७९ २३:२५