दिनभरीको थकान आफ्नो ओछ्यानमा गएर टाढा हुन्छ । सुत्न होस्, पढ्न होस् या शान्तिपूर्वक बस्नका लागि, पहिलो याद आउने ठाउँ ओछ्यान नै हो ।
तपाई आफू जुन ओछ्यानमा पुगेर सारा थकान मेटाउनुहुन्छ, यसको इतिहास भने यस्तो छ ।
७७ हजार वर्षअघि नै थियो ओछ्यान
इतिहासकार ग्रेग जेनरका अनुसार ओछ्यानको अस्तित्वको सबैभन्दा पहिलो प्रमाण ७७ हजार वर्षअघि पाषाणकालमा पाइएको छ ।
दक्षिण अफ्रिकाका गुफामा मानिसहरु आफ्नो हातले बनाएका ओछ्यानमा सुत्थे । यी ओछ्यानहरु ढुंगाले बनेका हुन्थे । ग्रेग भन्छन्, ‘गुफा धेरै आरामदायक थिएनन्, त्यहाँ विभिन्न प्रकारका किरा आउँथे । यस्तो अवस्थामा अरु स्थानभन्दा थोरै अग्लो बनाएर मानिसहरु त्यही सुत्थे ।’
ग्रेगरका अनुसार त्यस समयमा मानिसहरु खाना पनि ओछ्यानमा नै खान्थे । त्यसपछि ओछ्यान सुख्खा हुन्थ्यो र त्यहाँ आगो लगाउथे । पुरातत्वविद्ले यसका धेरै प्रमाणहरु फेला पारेको उल्लेख गरेका छन् ।

सुरुवाततिरका ओछ्यान ढुंगाका
ग्रेग भन्छन्, ‘१० हजार वर्षअघि नव–पाषणकालमा टर्कीमा आधुनिक दिनकोजस्तो सुत्नका लागि जमिनभन्दा माथि उठाएर ओछ्यान बनाउन थालेको पाइन्छ ।’ यस्तै ओर्कनेयस (स्कटल्यान्ड) को स्कारा ब्रे नामको गाउँमा पनि यस्तै प्रकारको ढुंगाको ओछ्यान बनाएको पाइएको छ । जमिनमाथि लगाइएको ढुंगाको ओछ्यान वास्तममा संसारको पहिलो पलङग थियो ।

जनावरका खुट्टाजस्ता ओछ्यान
इजिप्टका धनी मानिसहरुले आफ्ना पलङ्गमा खुट्टा पनि हालेका थिए । ग्रेग भन्छन्, ‘लकडी (काठ)बाट बनेको ओछ्यान जनावरको आकारमा बनाइन्थ्यो । खुट्टापनि जनवारकै जस्तो बनाउन कोशिस गरिएको थियो ।’ तर अहिलेको जस्तो चिल्लो र सम्म हुँदैनथ्यो । त्यसबेलाका ओछ्यान केही झुकेका हुन्थे ।
माथिल्लो दर्जासँग जोडिएका तस्बिर
पश्चिमा देशका साथ साथै चीनका केही क्षेत्रमा पनि उठेका ओछ्यानलाई माथिल्लो दर्जासँग जोडेर हेरिन्थ्यो । तर जापानमा आज पनि परम्परागत (टेटामी) भुईमा लगाइएका ओछ्यान लोकप्रिय छन् ।
कजाकस्तानमा आज पनि भुईमा ओछ्यान लगाएर सुत्ने परम्परा छ । यसरी ओछ्यान लगाउँदा एक प्रकारको गद्दाको प्रयोग गर्छन् जसलाई ‘तशक’ भनिन्छ ।
त्यहाँका मानिसहरु आज पनि घुमन्ते जीवन बिताउने गर्छन् । त्यसैकारण उनीहरु आफ्नो टेन्ट र ओछ्यान सँगै लिएर हिड्छन् ।

ओछ्यानमै खाना खान्थे रोम र युनानका मानिस
रोम र युनानका ओछ्यानमा केही काम हुन्थ्यो । त्यहाँका मानिसहरु ओछ्यानमा नै सुत्थे र ओछ्यानमा नै खाना समेत खाने गर्दथे । ओछ्यानको एक छेउमा सिरानी लगाएर बस्थे र नजिकै टेबलमा खानेकुरा उठाउने गर्दथे ।
मध्यकालीन युगका ‘ग्रेट बेड’
मध्यकालीन युरोपमा सबैभन्दा गरिब मानिसहरु भूस र घाँसमा सुत्ने गर्दथे । तर धनी मानिसहरु ठूला बेडमा सुत्ने गर्दथे, जसलाई ‘ग्रेट बेड’ भनिन्थ्यो । यस्ता बेडहरु एक ठाउँबाट अर्को ठाउँमा सेत लैजान सकिने खालका थिए ।
लकडी र डोरीका ओछ्यान
सुरुवाती आधुनिक समयमा ओछ्यानको ढाँचा लकडीबाट बनेका हुन्थे र त्यसका बीचका डोरी बाँधिएको हुन्थ्यो । ग्रेग भन्छन्, ‘यी डोरीले कसिन्थ्यो र जब पनि फेरि खुकुलो हुन्थ्यो, त्यसपछि फेरि कसिन्थ्यो ।’

कुलिनता देखाउने ओछ्यान
१४ सयौं र १५ सयौं शताब्दीमा यस प्रकारका ओछ्यान लोकप्रिय थिए । ग्रेगका अनुसार यस्तो ओछ्यानको माथि कपडा पनि लगाइएको हुन्थ्यो । यस्ता ओछ्यानलाई लिएर इटालीका मानिसहरु उत्सुक थिए ।
पातलो पर्दा र साना सिरानी हुन्थे । जसलाई बेड थिएटरजस्तो देखिन्थ्यो । यी ओछ्यानहरु कुलिनता देखाउने एक तरिका बनेका थिए । यिनीहरुलाई सम्हाल्नका लागि अलग्गै मान्छे काम गर्न राखिएको हुन्थ्यो ।
राजनीतिक जीवनको केन्द्र हुन्थ्यो बेड
सुरुवाती आधुनिक कालका जानकार प्राध्यापक साशा ह्यान्डका अनुसार त्यस समयमा सरकारी ओछ्यानका नामले परिचित थिए । साशा भन्छन्, ‘१७ औं शताब्दीको अन्त्यमा फ्रान्समा लुईस १४ औं र इंग्ल्यान्डमा राजा चाल्र्स यो संस्कृति विकसित गर्ने प्रमुख राजा थिए ।
राजा रानीलाई भगवानबाट नै शासन गर्ने अधिकार आएको र अतिरिक्त शक्ति हुन्छ भन्ने मान्यता थियो र उनीहरुका लागि ओछ्यान राजनीतिक जीवनको केन्द्र थियो ।

मूल्यवान बनेको ओछ्यान
आधुनिक कालको सुरुमा मानिसहरु परिवारका लागि ओछ्यान किन्न पैसा र समय दुवै खर्च गर्दथे । यस्तो अवस्थामा ओछ्यान विरासत पनि मानिन्थ्यो ।
भिक्टोरियनले बिरामीसँग लड्न फलामको ओछ्यान बनाए
१९ औं शताब्दीसम्म सबै ओछ्यान काठले बनेका हुन्थे । तर १८६० को दशकमा मानिसहरुले किटाणुबारे जानकारी पाउन थाले ।
त्यसपछि उनीहरुले बच्नका लागि फलामको ओछ्यान बनाउन थाले । फलामको ओछ्यान स्वास्थ्यका लागि पनि राम्रो थियो र सफा गर्नका लागि पनि सजिलो हुन्थ्यो ।

बच्चाको ओछ्यान आविष्कारक भिक्टोरियन्स
ऐतिहासिक रुपमा एउटा परिवार एउटै ओछ्यानमा सुत्थ्यो । तर बेलायतमा मानिसहरु अलग–अलग सुत्ने विचार गरे । भिक्टोरियन स्वास्थ्य विशेषज्ञले बच्चाहरु रातिको समयमा आमाबाबुभन्दा अलग सुत्दा आत्मविश्वास र ऊर्जा बढ्ने बताउँछन् ।
(एजेन्सीको सहयोगमा)
प्रकाशित मिति: सोमबार, साउन ६, २०७६ ०५:३३