उदयपुरको त्रियुगा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका वसन्तकुमार बस्नेत विजयी हुँदा उपमेयरमा भने एमालेकी महेश्वरी राई विजयी भएकी छन् ।
मेयरमा निर्वाचित बस्नेतले १३९५९ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भागवत रावतले ११८७३ मत पाए ।
उपमेयरमा विजयी महेश्वरी राईले १३७०३ मत पाइन् भने उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी सरिता राईले ११९८१ मत मात्र पाइन् । ३० वैशाखमा भएको स्थानीय तह चुनावको ७५२ स्थानको अन्तमि मतपरिणाम आएको छ ।
कांग्रेसले ३२९ स्थानीय तह जितेको छ । बाजुराको बुढीगंगा नगरपालिकामा भने पुनः मतदानको निर्णय भएको छ । तर, मतदान भइसकेको छैन ।
प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९ १६:५१