बस सेवा डटकमले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनाका विजेताहरू घोषणा गरेको छ । उक्त योजनाका विजेता तनहुँका नवीन जोशी, बुटवलका विक्रम ज्ञवाली र चितवनका मेघराज खड्काले सुनको असर्फी जित्न सफल भएका छन् ।
यसैगरी, २० जना यात्रुले क्यूएफएक्स मुभीको टिकट जित्न सफल भएका छन् भने २७ जना यात्रुले अल्टिमेट वाटर एड्भेन्चर्सको नारायणी नदीमा मोटरबोटको टिकट प्राप्त गरेका छन् । उपहार विजेताहरू बुधबार गोला प्रथामार्फत चयन गरिएको थियो । गोला प्रथा कार्यक्रमको प्रत्यक्ष प्रसारण बस सेवाको फेसबुक पेजमार्फत गरिएको थियो ।
बस सेवाले ३० वैशाखको स्थानीय तह निर्वाचनमा मतदानका लागि जाने यात्रुलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको थियो । २३ वैशाखदेखि ५ जेठसम्म उक्त योजना सञ्चालन गरिएको थियो । बस सेवाले आगामी दिनमा पनि यात्रुलक्षित विभिन्न अफरहरू सार्वजनिक गर्दै जाने जनाएको छ ।
बससेवा डटकमले नेपालभरका एसी, डिलक्स, हाइसलगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसनसमेत अनलाइनबाटै गर्दै आएको छ । यात्रुहरूले बस सेवा डटकम, बस सेवाको मोबाइल एप्लिकेसन तथा ई–सेवा, फोनपे, खल्ती, प्रभुपेलगायत नजिकै रहेका साइबर, कम्युनिकेसन तथा मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत अनलाइन टिकट बुकिङ सेवा दिँदै आइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९ १८:०९