काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अहिले वडा नम्बर १४ र १५ को मतगणना जारी रहेको छ ।
३२ वडा रहेको काठमाडाैं महानगरमा ३० वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । धेरै वडामा परिणाम सार्वजनिक भइसकेको र बाँकी २ वडामा पनि गणना अन्तिम चरणमा पुगेकाले आज साझँसम्ममा सकिने जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।
अहिलेसम्मको मतपरिणामअनुसार ३० वटै वडामा दलका प्रतिनिधिले विजय हासिल गरिसकेका छन् भने उपप्रमुख र बाँकी २ वडामा पनि दलका प्रतिनिधि आउने लगभग पक्का छ ।
त्यसैगरी हालसम्मको मतपरिणामअनुसार काठमाडाैंकाे प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह बालेनको र उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार सुनिता डङ्गोलको जित पक्का छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९ १३:५३