नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तहको चुनावमा पार्टीबाट उम्मेदवारी दिइ विजयी भएका जनप्रतिनिधिलाई विशेष सर्कुलर जारी गरेको छ ।
बुधबार पार्टी महासचिव बेदुराम भुसालको हस्ताक्षरमा जारी गरिएको उक्त सर्कुलरमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई १७ जेठभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिइएको छ ।
‘जवाफदेखिता र पारदर्शिता जनताको विश्वास आर्जन गर्ने प्रमुख अस्त्र हो । जसले जनाताको सेवामा समर्पित योद्धाहरूलाई ऊर्जासमेत प्रदान गर्दछ । तसर्थ हाम्रो पार्टीको तर्फबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधि कमरेडहरूले आगामी जेठ १७ गतेभित्र आ-आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुहोला,’ निर्देशनमा भनिएको छ, ‘उक्त कामको अनुगमन गर्न सम्पूर्ण जिल्ला कमिटीहरूलाई निर्देशन गरिन्छ ।’

प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९ १६:४९