चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनले शानदार विजय हासिल गरेको छ । मेयर र उपमेयरसहित बहुमत वडा जित्दै सत्ता गठबन्धनले शानदार विजय निकालेको हो ।
मेयरकी उम्मेदवार रेनु दाहालले एमाले–राप्रपा गठबन्धनका उम्मेदवार विजय सुवेदीलाई १२ हजार ४ सय ४९ मतान्तरले हराइन् ।
रेनुले ५२ हजार ३० मत पाउँदा सुवेदीले ३९ हजार ५८१ मत मात्रै पाए । गठबन्धनप्रति असन्तुष्टि जनाउँदै बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत पाए ।
उपमेयरमा निर्वाचित कांग्रेसका चित्रसेन अधिकारीको मतान्तर अझ फराकिलो छ । उनले एमालेको सहयोगमा मैदान उत्रेकी राप्रपाकी हिमला गुरुङलाई २२ हजार १ सय ९१ मतले पाखा लगाए ।
अधिकारी ५२ हजार ८ सय ३ मतसहित विजयी हुँदा गुरुङले ३० हजार ६१२ मत मात्रै पाइन् । सत्ता गठबन्धनमा भगवण्डा गर्दा भरतपुरमा माओवादीले मेयर र कांग्रेसले उपमेयर भाग पाएको थियो ।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९ ०८:३८