डिसहोमले सञ्चालन गरेको ‘१ वर्षमा २४ महिना’ योजनाअन्तर्गत हिजो सोमबार गरिएको लक्की ड्रमार्फत एक जना भाग्यशाली ग्राहकले १ लाख रुपैयाँ जितेका छन् ।
कम्पनीले क्यास आईडी ०२५६४०३३७७५ भएका भाग्यशाली ग्राहकले नगद १ लाख रुपैयाँ जितेको बताएको छ ।
कम्पनीका अनुसार डिसहोम डीटीएचका ग्राहकहरूले १ वर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिसहोम डीटीएचको सेवा उपभोग गर्न पाउनेछन् । साथै, हरेक हप्ता लक्की ड्रमार्फत एक जनाले १ लाख रुपैयाँ जित्ने अवसर पनि प्राप्त गर्नेछन् ।
यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिसहोम डिलरदाइकोमा गएर डिसहोमको फण्ड ट्रान्सफरमार्फत आफूले प्रयोग गरेको प्याकेजको १ बर्षको रिचार्ज गर्नुपर्नेछ ।
यस लक्की ड्रको प्रत्यक्ष प्रसारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिसहोम रियालिटी टीभी, रमाइलो एचडी, सरोकार टीभी, नेपा च्यानल, तथा डिसहोम सोकेसमा हुने गर्छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९ १४:२१