दराजले नयाँ वर्षको उपलक्ष्यमा ‘नयाँ रहर, नयाँ अफर’ योजना सुरु गरेको छ ।
वार्षिक अभियानअन्तर्गत ६० प्रतिशतसम्मको मेगा डिल, ५००० रुपैयाँसम्मको विशेष छुट भौचरहरू, अनलाइन प्रि–पेमेन्टमा १५०० रुपैयाँसम्मको छुट, खेल १ रुपैयाँमार्फत उत्कृष्ट पुरस्कार जित्ने मौका, निःशुल्क सिपिङ र बम्पर उपहारको रूपमा एडिया एस–लाइक स्कुटर जित्ने मौका छ ।
पेमेन्ट पार्टनर छुटअन्तर्गत ग्राहकहरूले सीमित डेबिट र क्रेडिट कार्डबाट प्रि–पेमेन्ट गर्दा १००० रुपैयाँदेखि १५०० रुपैयाँसम्मको छुट पाउन सक्नेछन् ।
यसबाहेक, दराजका ग्राहकहरूले ई–सेवा र आईएमई–पे वालेटमार्फत भुक्तानी गर्दा सीमित अवधिका लागि १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी, अभियानमा प्रदर्शित ‘खेल एक रुपैयाँ’ मा भाग लिँदा ग्राहकहरूले सामसुङ ग्यालेक्सी ए०३ कोर, रियलमी नार्जो ५० र वान प्लस १० प्रो केवल १ रुपैयाँमा जित्ने मौका पाउनेछन् ।
प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूले आफ्नो उत्पादनमा ६० प्रतिशत छुट प्रदान गर्नेछन् ।अभियानका लागि डायमण्ड पार्टनरहरू भने आमायरा फेसन हाउस, कन्भर्स नेपाल, रियलमी र डब्लूओडब्लु रहेका छन् ।
प्लेटिनम पार्टनरहरूमा बियर्डो, सीजी डिजिटल, इभो स्टोर, ओलिज स्टोर, लोट्टो स्पोर्ट्स नेपाल, मसला बिड्स र फिलिप्स समावेश छन् भने गोल्ड पार्टनरहरूमा एर्के, जुआस, कोन्का एन्ड फोर्स, मीमी नेपाल, क्यूएनयू फर्निचर, रोह्टो मेन्थोलाटम नेपाल, पियाजाइटालिय र मन्त्र नेपाल समावेश छन्।
अभियानका थप हाइलाइटहरू भने एड टु कार्ट, ब्रान्ड अफ द डे, हट फिक्स, फलो एण्ड विन, दराज जेम्स, वान डे क्रेजी सेल र रिभ्यु एण्ड विन रहेका छन् ।
प्रकाशित मिति: सोमबार, चैत २८, २०७८ १३:५५