अन्तर्राष्ट्रिय बजारमा पेट्रोललियम पदार्थको मूल्य बढेसँगै इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ ।
आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेर पठाउने गर्दछ । सोही आधारमा आयल निगमले मूल्य समायोजन गर्ने गरेको थियो । तर, यस पटक उपभोक्ता मूल्य नबढाइएको निगमले जनाएको छ ।
निगमका निर्देशक पुष्कर कार्कीका अनुसार डिजेल र पेट्रोलमा ३ रुपैयाँ, मट्टितेलमा १० रुपैयाँ र खान पकाउने एलपी ग्यासमा ९९ रुपैयाँ मूल्य बढेर आएको छ ।
तर, लगातार मूल्य बढाउँदै आएको आयल निगमले अहिले भने मूल्य बढाएको छैन । मूल्य समायोजन नगर्दा आगामी १५ दिनमा ३ अर्ब ९ करोड रुपैयाँ घाटा पुग्ने जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८ १६:४२