नेपालका लागि स्याङयोङ मोटर्सको आधिकारिक बिक्रेता आईएमएस मोटर्सले ‘फ्री स्याङयोङ सर्भिस क्याम्प’ ल्याएको छ ।
योजनाअन्तर्गत ग्राहकले स्याङयोङ गाडीहरूमा निःशुल्क परीक्षण, किफायती भागहरूमा ५० प्रतिशतसम्म छुट, लुब्रिकेन्टमा १० प्रतिशतसम्म छुट, निःशुल्क सर्भिसिङ तथा वास, आकर्षक सट्टापट्टा प्रस्ताव, उत्कृष्ट/तुरुन्त मूल्यांकन सुविधा पाउनेछन् ।
त्यसैगरी, ग्राहकले बम्पर उपहारमा शतप्रतिशत नगद फिर्ता पाउने कम्पनीले जनाएको छ ।
यो सेवा शिविर काठमाडौंको खुसिबु, नयाँ बजारस्थित मोटो इन्जिनियरिङ, काठमाडौंको रविभवन, लामपाटीस्थित परिदी मोटर्स, बुटवलको बेलवासस्थित भैरव अटो भिलेज र भैरहवाको मायादेवीस्थित एए अटोमोबाइल्समा सञ्चालन हुनेछ । यो योजना १७ फागुनसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८ १९:४२