नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । एक हप्ता अगाडिमात्र मूल्य बढाएको निगमले मंगलबार फेरि मूल्य बढाएको हो । डिजल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य बढाइएको छ । नयाँ मूल्य मंगलबार राति १२ बजेपछि लागू हुनेछ ।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै मूल्य बढाइएको हो । बढेको मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोल १ सय ४२ रुपैयाँ लिटर तथा डिजेल र मट्टितेल १ सय २५ रुपैयाँ लिटर पुगेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८ २१:००