ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर सञ्चालनमा ल्याएको छ । बुधबार बनेपा– ६ को गोदामचोकमा आफ्नो नयाँँ स्टोर खोलेको शाओमीले त्यसको केही दिनपछि सोमबार बालाजु, नयाँँ बसपार्कको बीजी मलमा पनि आफ्नो नयाँँ स्टोर सञ्चालनमा ल्याएको हो ।
शाओमीले आफ्ना स्टोरहरूको संख्या दोब्बर बनाउने उद्देश्य पूरा गर्न नेपालभरि नयाँँ र आधुनिक स्टोरहरू खोल्ने लक्ष्य लिएको शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले बताए ।
उनले भने, 'यी नयाँँ स्टोरहरू खुलेपछि हाम्रा ग्राहकहरुलाई किनमेल गर्न अझ धेरै सजिलो हुनेछ र सँग–सँगै हाम्रो सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उद्देश्य पनि पूरा हुने हाम्रो विश्वास छ । हामीलाई आशा छ, हाम्रा ग्राहकहरू हाम्रा यी नयाँँ स्टोरहरूमा आउनुहुनेछ र हाम्रा नयाँँ–नयाँँ उत्पादनहरू मन पराउनुहुनेछ ।'
यो मोडलले नेपालमा नयाँँ र आधुनिक स्टोरहरू खोल्दै ग्राहकहरूलाई उच्चतम सुविधा प्रदान गर्ने शाओमीको उत्साह झल्काउँछ । यो नयाँँ स्टोरमा सप्लाई चेन म्यानेजमेन्ट, उत्पादनको उपलब्धता र डेलिभरी मेजरहरूजस्ता सम्पूर्ण रिटेलका कामहरू मुख्य ब्रान्डको मातहतमा इन्टिग्रेट हुनेछन् । यी शाखाहरूको सम्पूर्ण रिटेल प्रक्रिया शाओमी नेपालले हेर्ने हुनाले ब्रान्डको पारदर्शिता कायम हुन्छ । जसको फलस्वरुप शाओमीका ग्राहकहरूले थुप्रै फाइदाहरू लिन सक्नेछन् ।
कम्पनीका अनुसार रिटेल प्रक्रियाका हरेक चरणमा उनीहरूले ब्रान्डसँग सिधै अन्तर्क्रिया गर्न पाउनेछन् । यसले गर्दा ग्राहक र ब्रान्डको सम्बन्ध अझै घनिष्ठ हुनेछ ।
प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८ १५:०२