सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ हजारले बढेर ९४ हजार रुपैयाँ पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ५०० कायम भएको छ, जसको मूल्य बिहीबार प्रतितोला ९२ हजार ५०० रुपैयाँ तोकिएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले बढेर १ हजार २५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८०३ डलर आसपास कारोबार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८ १२:०१