सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकिएको छ ।अधिल्लो दिन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा मा कारोबार भएको सुनको मूल्य प्रतितोला आज ५०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ छ, जसको मूल्य हिजो प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकिएको थियो ।
आज चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासंघले जनाएको छ । चाँदी मंगलबार प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८ ११:५९