भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । सो भेरियन्ट भारत र बेलायतमा यसअघि भेटिएको भेरियन्टसँग मिल्दोजुल्दो छ ।
अधिकारीहरूले उक्त भेरियन्ट हावाबाट तीव्र रूपमा फैलन सक्ने जनाएका छन् ।
भियतनामका स्वास्थ्यमन्त्री गुयेन थान्ह लाङले शनिबार कोरोनाको उक्त भेरियन्ट धेरै खतरनाक रहेको बताएका छन् ।
भाइरसले आफ्नो रूप बदलीरहन्छन् । त्यसक्रममा नयाँ नयाँ भेरियन्टहरू देखा पर्दछन् । त्यसमध्ये धेरै भेरियन्ट बढी प्रभावी हुँदैनन् । तर केही भने बढी संक्रामक हुन्छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार भियतनामका स्वास्थ्यमन्त्रीले सरकारको एक बैठकमा भनेका थिए- भियतनाममा कोरोना भाइरसको एक नयाँ भेरियन्ट भेटिएको छ । र, उक्त भेरियन्ट भारत तथा बेलायतमा भेटिएको भेरियन्टसँग मिल्दोजुल्दो छ ।
उनले भनेका छन्- नयाँ भेरियन्ट पहिलेको तुलनामा ज्यादा संक्रामक छ । यो हावामा तीव्र रूपमा फैलन्छ । नयाँ बिरामीको जाँचपछि यो भेरियन्ट पत्ता लागेको हो । यो भाइरसको जेनेटिक कोड छिटै उपलब्ध हुने छ ।
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८ ०९:४१