अमेरिकी राजदूत -यान्डी बेरीले सुरु गर्न लागेको ‘राजदूतसँग गफगाफ’ प्रति परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । आगामी सोमबारदेखि नेपाली समाजसँग प्रत्यक्ष संवाद गर्ने भन्दै राजदूत बेरीले फेसबुक पेजमा भिडियो सन्देश प्रसार गरेका थिए ।
त्यसबारे सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया उत्पन्न भएपछि परराष्ट्र सचिव शंकर वैरागी दाहालले त्यसबारे मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख गर्दै भनेका छन्, ‘यसरी स्वेच्छाले एउटा कूटनीतिक अधिकारीले संवाद गर्न मिल्दैन ।’
प्रकाशित मिति: बुधबार, जेठ ८, २०७६ १५:३९