अकबरे खुर्सानी धेरै पिरो र स्वादिलो हुन्छ । यसको छिप्पिएको हरियो फलमा भिटामिन “ए”, “सि” लगायत विभिन्न प्रकारका अन्य भिटामिन, खनिज तत्वहरू तथा अन्य पोषण तत्वहरू प्रशस्त मात्रामा पाइन्छन् । अकबरे खुर्सानीलाई डल्ले र ज्यानमारा भनेर पनि पनि चिनिन्छ। अत्याधिक पिरो हुँदा ज्यानै जाने भएकाले यो खुर्सानीलाई ज्यानमारा खुर्सानी भन्ने गरिएको हो ।
अकबरे खुर्सानीले खानाको स्वाद बढाउनुका साथै स्वाथ्यमा पनि फाइदा पुर्याउँछ ।
यस्ता छन् अकबरे खुर्सानी खाँदा हुने फाइदाहरु
ग्याँस्ट्रिक तथा अल्सर रोग हटाउन हुन मद्दत गर्छ।
पिसाब सम्बन्धी समस्या कम गराउन सहयोग गर्छ ।
अकबरे खुर्सानीको परिकार किटाणु रहित हुन्छ ।
शरीरमा शक्ति प्रदान गर्छ ।
यो खुर्सानीमा क्याप्सिसिन पाइन्छ जसका कारण पेट सम्बन्धी रोगीलाई फाइदा पुर्याउँछ।
एलर्जी हुनबाट जोगाउन धेरै मद्दत गर्छ।
नियमित यो खुर्सानी सेवन गर्नाले क्यान्सर लाग्नबाट जोगिन सकिन्छ ।
हाड जोर्नीमा हुने दुखाइ कम गराउँछ ।
शरीरमा रेड ब्लड सेल बढाउन विशेष मद्दत पुर्याउँछ।
रगतमा चिनीको मात्रा घटाउन मद्दतगर्छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७ १४:५८