विदेशी लगानीमा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाका लागि दुई स्वदेशी बैंकले लगानी गर्ने भएका छन् ।
भारतीय सरकारी कम्पनी सतलज निगमले निमाएण गर्न लागेको र सरकारले वैदेशीक लगानी का लागि स्वीकृति दिएको आयोजनाका लागि दुई नेपाली बैंकले समेत लगानी गर्न लागेका हुन् ।
लगानी बोर्डबाट विदेशी लगानीका लागि स्वीकृति दिइएको परियोजनामा दुई स्वदेशी बैंकले लगानी गर्ने सम्झौता गरेपछि यस्ता विदेशी लगानीका आयोजनामा स्वदेशी लगानी गर्न दिइने व्यवस्थाबारे पनि बहस सुरु भएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५ १७:१९