कर्णालीमा पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमितण संक्रमणमुक्त भएका छन् ।
कर्णाली प्रदेश कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका अनुसार कर्णालीमा बिहीबार थप ३० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
दैलेखको दुल्लु अस्पतालबाट १० जना, प्रदेश अस्पताल सुर्खेतबाट १३ जना र रुकुमपश्चिमको चौरजहारी अस्पतालबाट ७ जना कोरोना संक्रमणमुक्त भएको महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।
‘कर्णालीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ३२१ पुगेको छ’ उनले भने, ‘कोरोनाका संक्रमण भएका व्यक्ति २३४ जना मात्र हुनुहुन्छ ।’
त्यस्तै, बिहीबार ११ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल/पशुपक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ६ जना र रूकुमपश्चिको चौरजहारी नगरपालिकाको प्रयोगशालमा गरिएको परीक्षणमा ५ जना गरी ११ जना थपिएका हुन् ।
थपिएकामा सुर्खेतका ५ जना, दैलेखका १ जना, रूकुमपश्चि रूकुमपश्चिमका ४ जना र जाजरकोटका १ जना रहेको डा. तिवारीले जानकारी दिए । योसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या १ हजार ५६१ पुगेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार २५, २०७७ १४:४७