बलिउड अभिनेता नबाजुद्दिन सिद्धिकीको पारिवारिक विवाद झनै बढेको छ । उनकी पत्नी आलिया सिद्धिकीले आफूलाई पतिले फोनमार्फत् धम्की दिएको भन्दै सो फोन रेकर्ड सार्वजनिक गरेकी हुन् ।
यो विषयमा नवाजुद्दिनले मिडियामा कुनै प्रतिक्रिया दिएका छैनन् । यतिबेला नबाजुद्दिन र आलियाबी सम्बन्ध बिच्छेदको विवाद चर्केको छ ।
पत्नीले आफ्ना २ सन्तानलाई जीवनभरी पुग्नेगरी सम्पत्ति दिनुपर्ने माग नबाजुद्दिनसँग माग गरेकी छन् । यस्ता विभिन्न मागका कारण नबाजुद्दिनले दाम्पत्य सम्बन्ध विच्छेदविरुद्ध मानहानी मुद्दा हालेका छन् ।
२ महिनाअघि उनकी पत्नीले दाम्पत्य सम्बन्ध विच्छेदका लागि कानुनी रूपमा सूचना पठाएकी थिइन् । सो सूचना पाएको केही समयपछि आफ्नी पत्नीविरुद्ध नबाजुद्दिनले मानहानीको मुद्दा हालेका थिए ।
प्रकाशित मिति: बुधबार, असार १७, २०७७ ०६:२६