कर्णालीमा थप १०० जनामा कोरोना भाइरस संक्रमित भेटिएका छन् । प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा थप १०० जना संक्रमित भेटिएका हुन् ।
प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत गरिएको परीक्षणमा ३ जना र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ९७ जना संक्रमित भेटिएका हुन् ।
संक्रमितमध्ये दैलेखका ९१ जना, जुम्लाका ३, रामेछापका १, गोरखाका १, जाजरकोटका १ र हुम्लाका १ जना रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए । कर्णाली प्रदेशमा हालसम्म संक्रमितको संख्या ४८९ पुगेको छ ।
४८९ संक्रमितमध्ये दैलेखमा ३०९, सुर्खेतमा ६२, सल्यानमा ५५, जुम्लामा २२ कालिकोटमा २५, मुगुमा २ र बाजुरा १, अछाम १०, बझाङ १ जना, हुम्ला १, जाजरकोट १, रामेछाप १ र गोरखा १, रहेका छन् । कोरोनाका कारण कर्णालीमा २ जना मृत्यु भएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७ १५:५५