कर्णालीमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र स्वास्थ्य कर्णाली प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप १६ जना संक्रमित देखिएको हो ।
संक्रमितमा दैलेखका ७, सल्यान २ र कालिकोटका ७ रहेका छन् । कालिकोटका देखिएका ७ संक्रमितमध्ये ४ महिना शिशु रहेको प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।
कर्णाली प्रदेशमा हालसम्म संक्रमितको संख्या २७८ पुगेको छ । २७८ संक्रमितमध्ये दैलेखमा १०५, सुर्खेतमा ६१, सल्यानमा ५५, जुम्लामा १९ कालिकोटमा २५, मुगुमा १ र बाजुरा १, अछाम१० र बझाङ १ जना रहेका छन् । कोरोनाका कारणले दैलेखमा १ जना मृत्यु भएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७ १३:००