नेपाल समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै सो पार्टीका नेताहरू सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआईजीपी सर्वेन्द्र खनालविरुद्ध जाहेरी दिन महानगरीय प्रहरी परिसर टेकु पुगेका छन् ।
यादवलाई महोत्तरीबाट अपहरण गरेर काठमाडौं ल्याएको भन्दै अपहरण अभियोगमा जाहेरी दिन यतिवेला नेता डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अपहरण परेका भनिएका सांसद यादवलगायतका ११ भन्दा बढी नेता यतिबेला टेकुमा छन् ।
जाहेरी दिनका लागि महानगरीय अपराध अनुसन्धान महाशाखा टेकु आइपुगेको नेता भट्टराईले शिलापत्रलाई बताए ।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७ १५:२८