नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेपछि त्रिभुवन विश्वविद्यालयले अनुसन्धानको काम अगाडि बढाएको छ । प्रभावित देशहरूमा कोरोना भाइरसको अनुसन्धान र उपचार विश्वविद्यालयबाट भइरहेको छ । त्यसैले नेपालमा पनि कोरोनाको अनुसन्धान गर्न विश्वविद्यालयलाई दबाब परेको हो ।
नेपालमा ११ वटा विश्वविद्यालय छन् । तर, प्रभावकारी अनुसन्धान भएको देखिँदैन । ढिलै भए पनि त्रिविले कोरोनाको अनुसन्धान थालेको छ । यसले सकारात्मक सन्देश दिएको छ ।
सरकार ! कोरोनाको अनुसन्धान गर्नुपर्ने विश्वविद्यालयहरू बन्द गर्न मिल्छ ?
अनुसन्धानका लागि निर्देशन दिएका छौँ
प्रा.डा. धर्मकान्त बाँस्कोटा, उपकुलपति, त्रिवि
राष्ट्रिय प्रयोगशाला टेकुसँग मिलेर त्रिविले अनुसन्धानको काम अगाडि बढाएको छ । अहिले त्रिविको माइक्रोबायोलोजी, बायोटेक, बायोम्याटेरियल र फिजिक्स विभागलाई हामीले रिसर्चको प्रपोजल बनाउन निर्देशन दिएका छौँ । त्यहीअनुसार काम भइरहेको छ ।
नेपालमा भित्रिएको कोरोनाको शक्ति कस्तो छ ? त्यसको अनुसन्धान गर्छौं । चीन, भारत, युरोप, अमेरिकालगायतका देशमा देखिएको कोरोना र नेपालमा देखिएको कोरोनाको शक्ति एउटै छ छैन ? कतै रूप बदलिएर आएको हो होइन, ती विषयमा अध्ययन गर्छौं । तर, रिसर्च महँगो हुन्छ ।
अर्थतन्त्र बलियो भयो भने रिसर्च राम्रो हुने हो । सबै रिसर्चको प्रतिफल आउँछ भन्ने पनि हुँदैन । लगानीको आवश्यक छ । अनुसन्धानका लागि कतैबाट लगानी जुटाउन सकिन्छ कि भनेर खोजिरहेका पनि छौँ ।
कोरोनासँग लड्न के खाने ? यी खानेकुराले बढाउँछ इम्युनिटी पावर
अनुसन्धानका लागि सरकारसँग समन्वय हुन सकेन
रामप्रसाद खतिवडा, डीन, त्रिवि
नेपालका विश्वविद्यालयले पनि सुरूमै अनुसन्धान गर्नुपर्ने हो । केही ढिला भएको छ । तर पनि सुरू गरेका छौँं । यो विषय डाक्टरले मात्र गर्ने भन्ने बुझिन्छ । तर, उपचार डाक्टरले गर्ने हो । यदि टिचिङमा राम्रो ल्याब बनाउन सकिएको भए अनुसन्धानमा सहज हुन्थ्यो ।
त्रिविले ल्याब बनाउन खोजेको हो तर बजेट नहुँदा ल्याब बनाउन सकेनौँ । अर्कोतर्फ सरकारसँगको समन्वयको अभाव भयो । जसले गर्दा अनुसन्धानमा ढिलाइ भयो । अन्य विकसित देशको जस्तो गर्न नसके पनि हाम्रो देशका लागि आवश्यक पर्ने अनुसन्धान गर्छौं । तत्काल अनुसन्धान गर्न चाहिने सामग्री त्रिविसँग छ ।
कारोनासँग लड्न यी जडीबुटीले बढाउँछ इम्युनिटी पावर
कस्तो छ अनुसन्धानका लागि उपकरण र जनशक्ति ?
त्रिविसँग तत्कालका लागि डाइग्नोसिस गर्न सक्ने सामग्री छन् । दुईवटा ल्याब छन् । जसमा रियल टाइम पीसीआर मेसिन, भर्टेक्स मेसिन, क्याबिनेट छ । यदि कोरोना भाइरसको स्याम्पल पाउने हो भने त्रिविले परीक्षण सुरू गर्छ ।
जेनेटिक्सको अनुसन्धान गर्न भने त्रिविसँग ल्याब छैन । अहिले कोरोना भाइरसको स्थिति के छ ? त्यसको परीक्षण गर्न सक्छौँ । अनुसन्धान गर्न भाइरोलोजीमा पीएचडी गरेका ५ भन्दा बढी रिसर्चर छन् ।
कोरोना जित्ने विकासानन्दका ७ टिप्स
अनुसन्धानका लागि तयार छौँ
डा. मेघराज बन्जारा, प्रमुख, माइक्रोबायोलोजी विभाग
अनुसन्धानका लागि थुप्रै प्रश्नहरू उब्जिएका छन् । बच्चामा इन्फेक्सन कम देखिएको छ । किन कम देखियो ? गर्भवती महिला र इम्युनिटी पावर कम भएकामा बढी देखिएको छ, किन यस्तो भयो ? नेपालमा ९ वटा केस भेटियो । जसमा एउटा निको भयो । अरूको पनि स्वास्थ्य अवस्था राम्रो छ । कोरोना भाइरस भए पनि स्वस्थ हुनुको कारण के हो ?
कोरोना भाइरस भएर पनि ८० प्रतिशतमा साइन्स एन्ड सिस्टममा देखिँदैन भनिएको छ । नेपालमा इन्फेक्सन नै नभएको हो कि इन्फेक्सन भएर पनि त्यही ८० प्रतिशतमा परेका छौँ । नेपालीको जेनेटिक्स के हो ? इम्युनोलोजी, रेसिडेन्ट स्ट्याटस कस्तो छ ? केले हामीलाई प्रोटेक्सन गरिरहेको छ ? भाइरलको अवस्था कस्तो छ ? वन्यजन्तुमा पनि भेटिएको छ । वन्यजन्तुमा भेटिएको के हो ?
डब्लूएचओले १ मिटर पर बस्ने भनेको छ । तर, मान्छले हाछ्यूँ गर्दा, खोक्दा निस्कने छिटाबाट सर्ने हो । त्यो छिटा जति परसम्म गयो, त्यति सर्ने हुन्छ ।
अहिले र्यापिड टेस्ट आएको छ । चाइनाका लागि त्यो इफेक्टिभ भयो । तर, नेपालका लागि हुन्छ कि हुँदैन ? ती किटलाई अहिलेसम्म डब्लूएचओ, डीएफओलगायतका संस्थाले मान्यता नै दिएका छैनन् । संकटको समयमा प्रयोग गर्न अन्तरिम मान्यता पाएका हुन् । नेपालका लागि कस्तो किट आवश्यक छ ?
विश्वमा फैलिएको भाइरस एउटै हो कि फरक छ ? भ्याक्सिन पत्ता लाग्यो भने त्यो संसार भरका लागि काम गर्छ गर्दैन ? सोसियल डिस्ट्यान्सको कुरा छ । यस्ता धेरै प्रश्नहरू छन् । स्याम्पल जुटाएर यिनै विषयमा हामी रिसर्च गर्छौं ।
याे पनि..
टेकुका चिकित्सक जसले परिवार बिर्सेर कोरोना आशंकित मात्रै हेरिरहे
डाक्टर-नर्सका व्यथा : परिवारको दबाब र जिम्मेवारीको तनाव
कोरोना जित्न यस्ता छन् मनोविद् डा. गंगा पाठकका सुझाव
धार्चुलामा अलपत्र नेपाली भन्छन् : कुहिएरै मर्ने भयाैँ
सरकार ! घर जान दिने कि सडकमै मरौँ ?
कोरोना कहर : ३ दिन हिँडेर घर पुगेपछि ...
कोरोना जोखिम : ७४ लाख बालबालिकालाई कसरी जोगाउने ?
कोरोना संक्रमितको उपचार फोन र भिडियो कलबाट
अस्पतालले थाल्याे फोनबाटै काेराेनाकाे उपचार
प्रकाशित मिति: बुधबार, चैत २६, २०७६ १२:०५