कोरोना भाइरस ९कोभिड–१९) भित्रिन नदिन विभिन्न सीमा नाकामा आवश्यक सतर्कता अपनाइएको छ। कोरोना त्रास बढ्दै गएपछि संघीय सरकारले प्रदेश १ मा पूर्वतयारी गर्न र उच्च सतर्कता अपनाउन स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलको संयोजकत्वमा तीन सदस्यीय टोली पठाएको छ।
टोलीले प्रदेश सरकार, कोसी अस्पताल विराटनगर र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकारीसँग पूर्वतयारीबारे छलफल गरेको छ।
टोलीले नेपाल–भारत सीमानाका जोगवनी, काकडभिट्टा र पशुपतिनगरको अनुगमन गरेको छ। ‘प्रदेश सामाजिक विकास मन्त्रालयका अधिकारीसँग पनि छलफल ग¥यौं। कोसी अस्पताल र बिपी प्रतिष्ठानका अधिकारी तथा सरोकारवालासँग पनि पूर्वतयारीबारे छलफल भयो,’ संयोजक डोटेलले भने, ‘यसले हाम्रो अवस्था के छ ? के गर्नुपर्ने हो ? के खरिद गर्नुपर्छ भन्ने प्रस्ट हुन्छ।’
डोटेल र प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहताले मंगलबार बिपी प्रतिष्ठानका कार्यवाहक उपकुलपति तथा प्रतिष्ठानले कोरोनाबारे गठन गरेको ‘रेस्पोन्स टिम’ सँग छलफल गरेका थिए। ‘बिपी प्रतिष्ठान ठूलो संस्था हो, यहाँ धेरै विभाग छन्। शंकास्पद बिरामी आउदा कहाँ राख्ने र अलिक गम्भीर बिरामी आउँदा के गर्ने ? कहाँ राख्ने ? फोकल पर्सन कसलाई तोक्ने भनेर आवश्यक तयारीबारे छलफल गरी निर्णय भएको छ,’ डोटेलले भने, ‘कार्यवाहक उपकुलपतिसँग पनि छलफल भयो।’
प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६ ०७:०२